सर्वोच्च अदालतको नयाँ भवनमा पुसदेखि इजलास सञ्चालन गर्ने तयारी

११ मंसिर २०८२

सर्वोच्च अदालतको नयाँ भवनमा पुसदेखि इजलास सञ्चालन गर्ने तयारी

काठमाडौं । यसलाई संयोग नै मान्नुपर्छ, जेनजी आन्दोलनमा सर्वोच्च अदालतको भवन जले पनि छेवैमा नयाँ भवन बनिसक्न लागेको छ । युद्धस्तरमा निर्माण कार्य भइरहेको नयाँ भवनमा मंसिरपछि ३÷४ वटा इजलास सञ्चालन गर्ने तयारी भइरहेको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ ।

स्रोतले जस नेपालसँग भन्यो, ‘भवन निर्माण कम्पनीलाई ठेक्काको म्याद चैतसम्म थप गरिएको भएता पनि अहिले तीन सिफ्टमा धमाधम काम भइरहेको छ । मंसिर सकिनासाथ भवनको एउटा खण्डमा ३÷४ वटा इजलास चलाउने र इन्टेरियर डिजाइनको काम पनि सँगसँगै अघि बढाउने तयारी छ ।’

भवन पूर्णरुपमा बनिनसक्दै टेबल कुर्सीहरु राखेर इजलास सञ्चालन गर्नुपर्ने अवस्था रहेको स्रोतको भनाइ छ ।

हाल सर्वोच्च अदालतमा २१ न्यायाधीश छन् तर जेनजी आन्दोलनका कारण पुगेको क्षतिका कारण ५ वटा इजलास मात्र सञ्चालित छन् । अदालतमा ५० प्रतिशत क्षमतामा मात्रै काम भइरहेको छ । अर्को महिना नयाँ भवनमा इजलास चलाउन पाइयो भने कामले गति लिने अदालत प्रशासनको भनाइ छ ।

नयाँ भवनको बाहिरी संरचना बनेर फिनिसिङ गर्न बाँकी छ । तर, काम चाँडो सक्नका लागि इन्टेरियर डिजाइनको समेत ठेक्का लागिसकेको स्रोतले जस नेपाललाई बतायो ।

डिजिटल डाटा जोगियो

जेनजी आन्दोलनबाट अदालतका मिसिल र कम्युटरसमेत ध्वस्त भएको र हार्डडिस्कहरु पनि नष्ट भएकाले सम्पूर्ण डाटा सिस्टम नै ध्वस्त भएको अनुमान गरिएको थियो । तर, स्रोतले भन्यो, ‘अदालतको डिजिटल प्रणाली रिकभर भएको छ, यो सुखद विषय हो ।’

सर्वोच्च अदालतले जलेका मिसिहरुको प्रतिनिधि अदालतमा संकलन गर्ने अभियान पनि जारी राखेको छ । पक्ष विपक्षका वकिल र सेवाग्राहीसँग भएका फाइलहरु उपलब्ध गराउन अदालतले सूचना जारी गरेको छ ।

त्यसो त सर्वोच्च अदालतजस्तै संसद भवन पनि सिंहदरबारभित्रै धमाधम बनिरहेको छ । आगामी निर्वाचनपछिको संसद बैठक सिंहदरबारभित्रै राख्ने गरी काम भइरहेको हुनाले अब नयाँ बानेश्वरमा जलेको संसद भवनमा संसद नचल्ने लगभग निश्चित छ ।

सम्बन्धित खवर

निर्वाचनको मुखमा कांग्रेस फुट्दा कानूनी सकस, फागुन २१ को चुनाव नसरे एउटा पक्षले स्वतन्त्र उम्मेदवार उठाउनुपर्ने

निर्वाचनको मुखमा कांग्रेस फुट्दा कानूनी सकस, फागुन २१ को चुनाव नसरे एउटा पक्षले स्वतन्त्र उम्मेदवार उठाउनुपर्ने

काठमाडौँ । अन्तिम घडीमा आएर कुनै जादुमय सहमति जुटेन भने अब नेपाली कांग्रेस लगभग...

रविलाई प्रधानमन्त्री बन्ने बाटो खुलाउन संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने गृहकार्य

रविलाई प्रधानमन्त्री बन्ने बाटो खुलाउन संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने गृहकार्य

काठमाडौँ । रवि लामिछानेविरुद्ध विभिन्न अदालतमा चलिरहेका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाहरु फिर्ता...

संस्थापनले गगन र विश्वप्रकाशलाई निष्काशन गरेपछि काङ्ग्रेस विभाजित

संस्थापनले गगन र विश्वप्रकाशलाई निष्काशन गरेपछि काङ्ग्रेस विभाजित

काठमाडौँ । विशेष महाधिवेशन आयोजना गरेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई संस्थापन पक्षले निष्काशन...

आधार र मतदाता परिचयपत्र जन्म मितिको ठोस प्रमाण होइन : मध्य प्रदेश उच्च अदालत

आधार र मतदाता परिचयपत्र जन्म मितिको ठोस प्रमाण होइन : मध्य प्रदेश उच्च अदालत

भारत । भारतको मध्यप्रदेश उच्च अदालतले एउटा महत्त्वपूर्ण फैसला सुनाउँदै सेवासम्बन्धी मामिलाहरूमा आधार कार्ड...