अदालत जल्दा सेवाग्राहीलाई सास्ती

११ मंसिर २०८२

अदालत जल्दा सेवाग्राहीलाई सास्ती

काठमाडौं । भदौ २४ को जेनजी आन्दोलनमा सर्वोच्च अदालतसँगै बबरमहलस्थित काठमाडौं जिल्ला अदालत पनि जल्यो । जिल्ला अदालतबाट महत्वपूर्ण मुद्दाका मिसिलहरु रहेको पाँटमा छिरेर कम्युटरका हार्डडिस्कसमेत निकालिएको घटना निकै नै रहस्यमय भएता पनि न्यायालयले यसबारे अनुसन्धान गर्न अलग्गै अनुसन्धान संयन्त्र बनाएको छैन ।

अदालतका महत्वपूर्ण कागजातहरु जलेका कारण काठमाडौं जिल्ला अदालतमा तोकिएको तारेख गुज्रिने स्थिति आएपछि अदालतले गेट अगाडि नै ठूलो पोस्टर टाँगेर कहिलेको तारेख कहिलेलाई सरेको छ भन्नेबारे सूचित गरेको अवस्था छ।

जेनजी आन्दोलनको दुई महिनापछि काठमाडौं जिल्ला अदालतले तारेख बुझ्न शुरु गरेको हो । अदालतले अहिले कात्तिक १२ र १३ गतेका लागि तोकिएको तारेख बल्ल बुझिरहेको छ ।

विगतमा तोकिएका तारेखहरु आगामी मंसिर १७ गतेसम्मका लागि पछि सरेका छन् ।

काठमाडौं जिल्ला अदालत केही वर्षअघि मात्रै बनेको नयाँ र आकर्षक भवनमा चल्दै आएको थियो । बबरमहलको पुरानो भवनमा समेत इजलासहरु चल्दै आएका छन् । जिल्ला अदालतको नयाँ भवनमा सर्वोच्च अदालतमा जस्तो कमै भौतिक क्षति भए पनि मिसल, कागजात र कम्युटरमा भने ठूलो क्षति पुगेको छ ।

सम्बन्धित खवर

बाल अदालत : नेपालमा कस्तो छ बाल न्याय प्रणाली ?

बाल अदालत : नेपालमा कस्तो छ बाल न्याय प्रणाली ?

काठमाडौँ । नेपालको न्याय प्रणाली मौलिक अधिकारको संरक्षण र संवर्द्धनतर्फ केन्द्रित छ । यस...

अदालतप्रति जनतामा भरोसा, ढीलासुस्तीमा गुनासो

अदालतप्रति जनतामा भरोसा, ढीलासुस्तीमा गुनासो

काठमाडौँ । पछिल्लो समय न्यायपालिकाप्रति जनविश्वास गुम्दै गएको र यही कारण अदालत र न्यायाधीशहरुमाथि...

जलेको अदालत, नजलेको न्याय…

जलेको अदालत, नजलेको न्याय…

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालत, काठमाडौँ जिल्ला अदालत र अन्य कयौं अदालतहरु...

बारको १४ बुँदे वक्तव्य : अदालतमाथि आक्रमण हुँदा सरकार मूकदर्शक

बारको १४ बुँदे वक्तव्य : अदालतमाथि आक्रमण हुँदा सरकार मूकदर्शक

काठमाडौं । समग्र न्याय प्रणालीमाथि नै भ्रामक र कपोलकल्पित आरोप लगाएर न्याय क्षेत्रको तेजोबध...