मधेस प्रदेशका मुख्यमन्त्री यादवविरुद्धको मुद्दा पुनः हेर्दाहेर्दैमा

१२ मंसिर २०८२

मधेस प्रदेशका मुख्यमन्त्री यादवविरुद्धको मुद्दा पुनः हेर्दाहेर्दैमा

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र सपथविरुद्ध दायर रिटमा शुक्रबार पनि सुनुवाइ  नसकिएपछि मुद्दा पुनः ‘हेर्दाहेर्दै’मा राखिएको छ।

यसअघि बिहीबार पनि इजलासले मुद्दा निष्कर्षमा नपुगेको भन्दै हेर्दाहेर्दैमा राखेको थियो। शुक्रबारको सुनुवाइमा पनि दुवै पक्षका वकिलहरूले आफ्नो तर्क राखे तर बहस टुंगिन नसकेपछि न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले फेरि पनि हेर्दाहेर्दैमा राख्ने निर्णय गरेको हो।

मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक भएको दाबी गर्दै कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ सांसदले रिट दायर गरेका छन्। यसअघि सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई मधेस प्रदेशमा दीर्घकालीन प्रभाव पार्ने कुनै पनि नीतिगत निर्णय नगर्न अन्तरिम आदेशसमेत जारी गरिसकेको छ।

सम्बन्धित खवर

निर्वाचनको मुखमा कांग्रेस फुट्दा कानूनी सकस, फागुन २१ को चुनाव नसरे एउटा पक्षले स्वतन्त्र उम्मेदवार उठाउनुपर्ने

निर्वाचनको मुखमा कांग्रेस फुट्दा कानूनी सकस, फागुन २१ को चुनाव नसरे एउटा पक्षले स्वतन्त्र उम्मेदवार उठाउनुपर्ने

काठमाडौँ । अन्तिम घडीमा आएर कुनै जादुमय सहमति जुटेन भने अब नेपाली कांग्रेस लगभग...

रविलाई प्रधानमन्त्री बन्ने बाटो खुलाउन संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने गृहकार्य

रविलाई प्रधानमन्त्री बन्ने बाटो खुलाउन संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने गृहकार्य

काठमाडौँ । रवि लामिछानेविरुद्ध विभिन्न अदालतमा चलिरहेका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाहरु फिर्ता...

संस्थापनले गगन र विश्वप्रकाशलाई निष्काशन गरेपछि काङ्ग्रेस विभाजित

संस्थापनले गगन र विश्वप्रकाशलाई निष्काशन गरेपछि काङ्ग्रेस विभाजित

काठमाडौँ । विशेष महाधिवेशन आयोजना गरेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई संस्थापन पक्षले निष्काशन...

आधार र मतदाता परिचयपत्र जन्म मितिको ठोस प्रमाण होइन : मध्य प्रदेश उच्च अदालत

आधार र मतदाता परिचयपत्र जन्म मितिको ठोस प्रमाण होइन : मध्य प्रदेश उच्च अदालत

भारत । भारतको मध्यप्रदेश उच्च अदालतले एउटा महत्त्वपूर्ण फैसला सुनाउँदै सेवासम्बन्धी मामिलाहरूमा आधार कार्ड...