देशभरका वकील जनकपुरधाममा जम्मा हुँदै

१६ मंसिर २०८२

देशभरका वकील जनकपुरधाममा जम्मा हुँदै

काठमाडौं । नेपाल बार एशोसिएसनसँग सम्वद्ध देभैभरिका बरिष्ठ अधिवक्ता एवं अधिवक्ताहरुको जमघट जनकपुरमा हुने भएको छ । आगामी साता हुने वकीलहरुको दुई दिने भेलाले नेपालको पछिल्लो संवैधानिक एवं कानूनी प्रश्नहरुबारे गम्भीर विचार विमर्श गर्नेछ ।

नेपाल बार एशोसिएसनको आयोजनामा यही मंसिर २४ र २५ गते जनकपुरमा दुई दिने कार्यक्रम हुन लागेको हो । पहिलो दिन मंसिर २४ गते अर्थात् १० डिसेम्बरका दिन मधेस प्रदेशको राजधानी जनकपुरधाममा अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाउने कार्यक्रम छ भने २५ गते नेपाल बार एशोसिएसनको केन्द्रीय कार्यकारिणी परिषदको ५१ औं बैठक हुनेछ ।

केन्द्रीय कार्यकारिणी परिषदको बैठक तथा राष्ट्रिय गोष्ठीमा नेपाल बारमा आवद्ध बरिष्ठ अधिवक्ताहरु, अधिवक्ताहरु बारका पूर्वपदाधिकारी तथा पूर्वसदस्यहरुको सहभागिता रहने बार एशोसिएसनका महासचिव एवं बरिष्ठ अधिवक्ता केदार कोइरालाले विज्ञप्तिमार्फत् जानकारी दिए ।

साथै, कार्यक्रममा बार इकाईका केन्द्रीय पार्षदहरु एवं मानवअधिकार तथा जनसरोकार समितिका संयोजक तथा सदस्यहरुको समेत सहभागिता रहने छ ।

कार्यक्रममा बरिष्ठ अधिवक्ताका लागि ४ हजार रुपैयाँ, १० वर्ष पूरा भएका कानून व्यवसायीका लागि ३ हजार र १९ वर्षभन्दा कम काम गरेका वकिलहरुका लागि १५ सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

पूर्वन्यायाधीश कुलबहादुरको महाप्रस्थान  : वकील, अदालत र प्रजातन्त्रमाथि प्रश्न

पूर्वन्यायाधीश कुलबहादुरको महाप्रस्थान : वकील, अदालत र प्रजातन्त्रमाथि प्रश्न

पूर्वन्यायाधीश कुलबहादुर श्रेष्ठको ९५ वर्षको उमेरमा नर्भिक अस्पतालमा मंगलबार निधन भयो । उनको मंगलबार...

संवैधानिक इजलासमै वकील ढलेपछि उब्जिएको प्रश्न

संवैधानिक इजलासमै वकील ढलेपछि उब्जिएको प्रश्न

काठमाडौं । सम्मानित सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार न्यायाधीशहरुको प्रश्नका कारण एकजना कानून व्यवसायी...

कुलमानको ठेक्का तोड्ने अभियान : कानून र नैतिकता

कुलमानको ठेक्का तोड्ने अभियान : कानून र नैतिकता

काठमाडौं । विभिन्न ठेकेदार कम्पनीहरुले पुल, बाटो एवं सरकारी भवनहरु बनाउने ठेक्का लिएर दशकौंसम्म...

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई पितृशोक

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई पितृशोक

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई पितृशोक परेको छ । श्रेष्ठका पिता ९५ वर्षीय कुलबहादुर...