काठमाडौं । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको चुनाव गर्ने मिति तोकेको छ । तर, नयाँ निर्वाचित सांसदहरु कहाँ बस्ने भन्ने स्पष्ट छैन । नयाँ बानेश्वरस्थित संसद भवन जलेको छ । सिंहदरबार परिसरमा निर्माणाधीन नयाँ संसद भवन बनिसकेको छैन ।
समाजमा एउटा उखान छ– पल्टनियाँ आउनै लागे, खाना दाना तयार छैन ! आगामी फागुन २१ को चुनावबाट निर्वाचित भएर आउने नयाँ प्रतिनिधिसभाको बैठक बस्ने स्थान नै अहिलेसम्म टुंगो लाग्न नसक्दा यो उखान चरितार्थ भएको छ ।
सिंहदरबार परिसरको उत्तरपश्चिम कुनामा यतिबेला संसद भवन बनिरहेको छ । तर, तीन वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी ०७६ असोजमा ठेक्का सम्झौता भए पनि ६ वर्षौं बितिसिक्दा पनि ठेकदार कम्पनीले काम पूरा गरेको छैन ।
पाँचौंपल्ट थपिएको ठेक्का सम्झौताको म्याद आगामी १६ पुसमा सकिँदैछ । संरचना निर्माणको प्रगति करिब ८७ प्रतिशत रहेको छ ।

संसद भवनको इन्टेरियर, सुरक्षा प्रणालीलगायतका कामहरु गर्न का लागि ०८० सालमा बेग्लै ठेक्का सम्झौता भएको थियो । त्यसको प्रगति भने ३० प्रतिशत मात्र छ ।
जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङले कात्तिक ८ मा निर्माणधीन संसद भवनको स्थलगत अनुगमन गरेका थिए । घिसिङले हाल निर्माण भइरहेका भवनमध्ये सबैभन्दा ठूलो र महत्वको परियोजना रहेकाले १६ पुसभित्र सम्पन्न सुनिश्चित हुने गरी हरेक दिनको कार्यतालिका बनाएर काम गर्न निर्देशन दिएका थिए । उनले हरेक दिनको बेलुका निर्माण कार्य प्रगतिको समीक्षा गरी सोहीअनुसार आवश्यक स्रोत साधन परिचालन गर्नसमेत निर्देशन दिएका थिए ।
मन्त्री घिसिङले तीन सिफ्टमा काम गरेर आगामी चैतभित्रै संसद भवनको निर्माण सम्पन्न नगरेमा निर्माण व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
यो पनि-
संसद भवनको भग्नावशेष निरीक्षणपछि ऊर्जा मन्त्रीले भने – चुनावअघि नै नयाँ भवन तयार हुन्छ
सर्वोच्च अदालतको नयाँ भवनमा पुसदेखि इजलास सञ्चालन गर्ने तयारी

Satta King is a real service that I have used to play matka numbers. I wish they had more variety of options! sgsattaking