संसद भवनको भग्नावशेष निरीक्षणपछि ऊर्जा मन्त्रीले भने – चुनावअघि नै नयाँ भवन तयार हुन्छ

जस नेपाल

१२ कार्तिक २०८२

संसद भवनको भग्नावशेष निरीक्षणपछि ऊर्जा मन्त्रीले भने – चुनावअघि नै नयाँ भवन तयार हुन्छ

काठमाडौं । फागुन २१ को निर्वाचनबाट चुनिएर आउने  संघीय संसदको बैठक  नवनिर्मित  भवनमा बस्ने भएको छ । जेनजी आन्दोलनका क्रममा आगजनीबाट पुरानो संसद भवन ध्वस्त भएपछि सरकारले सिंहदरबार परिसरमै निर्माणाधीन नयाँ भवनलाई बैठक स्थलको रूपमा प्रयोग गर्ने तयारी गरेको हो।

सोमबार अन्तरिम सरकारका ऊर्जा, भौतिक तथा शहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबारभित्रको भवन पुस महिनाभित्र तयार हुने जानकारी दिएका छन् । उनका अनुसार आगामी निर्वाचनपछि आउने सांसदहरूले त्यही भवनबाट आफ्नो कार्य प्रारम्भ गर्नेछन्।

घिसिङले जलेर क्षतिग्रस्त भएको नयाँ बानेश्वरको भवन भने पुरानै स्वरूपमा पुनर्निर्माण गरिने बताए। उनले तत्काल सरसफाइ अभियान सुरु गरेर विस्तृत डिजाइनमा आधारित दीर्घकालीन पुनर्निर्माण प्रक्रिया अघि बढाइने उल्लेख गरे।

संसद भवनको निरीक्षणमा घिसिङसँगै अर्थमन्त्री रामेश्वर खनाल र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी थिए। भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा संसद भवनलाई मुख्य निशाना बनाइएको थियो, जसका कारण भवन पूर्णरूपमा जलेर ध्वस्त भएको हो।

भिडियोमा हेर्नुहोस् :

सम्बन्धित खवर

कस्तो अवस्थामा गर्छ सर्वोच्च अदालतले पुनरावलोकन ?

कस्तो अवस्थामा गर्छ सर्वोच्च अदालतले पुनरावलोकन ?

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र नेपाली कांग्रेससम्बन्धी निर्वाचन...

वातावारणीय क्षतिपूर्तिमा अब स्पष्ट मापदण्ड : भारतको सर्वोच्च अदालत

वातावारणीय क्षतिपूर्तिमा अब स्पष्ट मापदण्ड : भारतको सर्वोच्च अदालत

नयाँदिल्ली । भारतको सर्वोच्च अदालतले फोहोरमैला व्यवस्थापन नियम, २०२६ ‘Solid Waste Management Rules, 2026’...

शुक्रबार सर्वोच्चमा ४२८ मुद्दाको  पेसी, ८९ वटामा फैसला

शुक्रबार सर्वोच्चमा ४२८ मुद्दाको  पेसी, ८९ वटामा फैसला

काठमाडौँ ।  सर्वोच्च अदालतमा शुक्रबार  ४२८ मुद्दामा पेसी तोकिए मध्य ८९ मुद्दामा फैसला भएको...

१५ बुँदे माग सम्बोधन नभएसम्म श्रमिक विदेश नपठाउने व्यवसायीको घोषणा

१५ बुँदे माग सम्बोधन नभएसम्म श्रमिक विदेश नपठाउने व्यवसायीको घोषणा

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्ना १५ बुँदे माग तत्काल सम्बोधन गर्न...