जेनजी र सरकारको सम्झौता राजपत्रमा प्रकाशित

२७ मंसिर २०८२

जेनजी र सरकारको सम्झौता राजपत्रमा प्रकाशित

काठमाडौं । जेनजी आन्दोलन र सरकारबीच मंसिर २५ गते सम्पन्न सम्झौता राजपत्रमा प्रकाशित भएको छ । राजपत्रमा प्रकाशित भएसँगै अब यो सम्झौताले विधिवत् मान्यता प्राप्त गरेको छ ।

दुईपक्षबीच सिंहदरबारमा भएको सम्झौतामा भदौ २३ र २४ गतेको आन्दोलनलाई जनआन्दोलनको मान्यता दिइएको छ ।

सम्झौतामा सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्कीले हस्ताक्षर गरेकी छन् भने जेनजी आन्दोलनकारीका तर्फबाट भोज विक्रम थापासहित १४२ जनाले हस्ताक्षर गरेका छन् ।

सम्झौतामा विभिन्न १० वटा बुँदाहरु समेटिएका छन् । (हेर्नुहोस् राजपत्र)

खास कुनै व्यक्ति वा समूहको नेतृत्वमा नभई स्वतःस्फूर्त रुपमा भएको आन्दोलनले तीन महिनापछि बल्ल औपचारिक मान्यता पाएको हो । यससँगै अब जेनजी अभियन्ताहरु फागुन २१ को चुनावमा केन्द्रित हुने बाटो खुलेको छ ।

यो पनि–

भदौ २३ र २४ ले पायो जनआन्दोलनको मान्यता, संविधान संशोधन सुझाव आयोग गठन हुने, निर्वाचन प्रणाली फेरिने (सम्झौताको पूर्णपाठ )

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

जेनजी आन्दोलन : अदालत र वकीललाई कति क्षति ?

जेनजी आन्दोलन : अदालत र वकीललाई कति क्षति ?

काठमाडौं । तीन महिनाअघि भदौ २४ गते भएको जेनजी आन्दोलनबाट बार र बेञ्च दुबै...

NOTA : माथिका कसैलाई मतदान गर्दिनँ !

NOTA : माथिका कसैलाई मतदान गर्दिनँ !

काठमाडौं । सरकार र जेनजी आन्दोलनकारीबीच बुधबार भएको १० बुँदे सम्झौताको चौथो नम्बर बुँदामा...

ल क्याम्पसका विद्यार्थीको थाप्लोमा भवन र नेताको भार !

ल क्याम्पसका विद्यार्थीको थाप्लोमा भवन र नेताको भार !

काठमाडौं । नेपाल ल क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस मानिन्छ । सरकारी क्याम्पस भए...

बरिष्ठको च्याम्बरमा नयाँ वकीललाई शोषण !

बरिष्ठको च्याम्बरमा नयाँ वकीललाई शोषण !

जनकपुरधाम । आज मंसिर २४ । तदनुसार डिसेम्बर १० । अर्थात, विश्व मानवअधिकार दिवस...