जेनजी र सरकारको सम्झौता राजपत्रमा प्रकाशित

२७ मंसिर २०८२

जेनजी र सरकारको सम्झौता राजपत्रमा प्रकाशित

काठमाडौं । जेनजी आन्दोलन र सरकारबीच मंसिर २५ गते सम्पन्न सम्झौता राजपत्रमा प्रकाशित भएको छ । राजपत्रमा प्रकाशित भएसँगै अब यो सम्झौताले विधिवत् मान्यता प्राप्त गरेको छ ।

दुईपक्षबीच सिंहदरबारमा भएको सम्झौतामा भदौ २३ र २४ गतेको आन्दोलनलाई जनआन्दोलनको मान्यता दिइएको छ ।

सम्झौतामा सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्कीले हस्ताक्षर गरेकी छन् भने जेनजी आन्दोलनकारीका तर्फबाट भोज विक्रम थापासहित १४२ जनाले हस्ताक्षर गरेका छन् ।

सम्झौतामा विभिन्न १० वटा बुँदाहरु समेटिएका छन् । (हेर्नुहोस् राजपत्र)

खास कुनै व्यक्ति वा समूहको नेतृत्वमा नभई स्वतःस्फूर्त रुपमा भएको आन्दोलनले तीन महिनापछि बल्ल औपचारिक मान्यता पाएको हो । यससँगै अब जेनजी अभियन्ताहरु फागुन २१ को चुनावमा केन्द्रित हुने बाटो खुलेको छ ।

यो पनि–

भदौ २३ र २४ ले पायो जनआन्दोलनको मान्यता, संविधान संशोधन सुझाव आयोग गठन हुने, निर्वाचन प्रणाली फेरिने (सम्झौताको पूर्णपाठ )

 

सम्बन्धित खवर

पायक पर्ने स्थानमा मतदानस्थल नहुँदा…

पायक पर्ने स्थानमा मतदानस्थल नहुँदा…

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पाङ्गे्रका मतदातालाई १० किलोमिटर हिँडेर मतदानस्थल पुग्नुपर्ने बाध्यता...

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

काठमाडौँ । नेपाली कांग्रेसले बचतकर्ताको सुरक्षा र ठगीविरूद्ध ‘शून्य सहनशीलता’को नीतिलाई राष्ट्रिय सहकारी नियमन...

उम्मेदवारलाई प्रचारप्रसारमा अवरोध गरे ३ वर्ष कैद, २ लाख जरिवाना

उम्मेदवारलाई प्रचारप्रसारमा अवरोध गरे ३ वर्ष कैद, २ लाख जरिवाना

काठमाडौँ । फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए  दुई...

टेकुमा अपहरण : पीडितको सकुशल उद्धार, तीन जना पक्राउ

टेकुमा अपहरण : पीडितको सकुशल उद्धार, तीन जना पक्राउ

काठमाडौँ । अपहरण गरी काठमाडौँको टेकुस्थित रोडलाइन खाल्से होटलमा राखिएका एक व्यक्तिलाई प्रहरीले सकुशल...