डिजिटल अधिकारसम्बन्धी एकदिने सम्मेलन सम्पन्न

१ पुष २०८२

डिजिटल अधिकारसम्बन्धी एकदिने सम्मेलन सम्पन्न

काठमाडौं । डिजिटल अधिकारसम्बन्धी एकदिने सम्मेलन सम्पन्न भएको छ । इन्टरनेट गभर्नेन्स इन्स्टिच्युट र डिजिटल फ्रिड्मलगायतका संस्थाको आयोजनामा आज काठमाडौंमा आयोजित कार्यक्रममा प्रविधिको सही प्रयोग प्रयोगमार्फत मानव अधिकार, अभिव्यक्ति स्वतन्त्रता र सुरक्षासम्बन्धी छलफल गरिएको हो ।

सम्मेलनको उद्घाटन गर्दे सर्वोच्च अदालतका न्यायाधीश डा. नहकुल सुवेदीले डिजिटल अधिकारको मुद्दा प्रविधिकोमात्र नभइ राज्यको समेत भएकाले राज्य तहबाटै यसको समस्या समाधानका लागि पहल हुनुपर्ने बताए । उनले अहिले प्रविधिको समय भएकाले यसलाई सही ढङ्गले प्रयोग गर्दै अगाडि बढ्नुपर्ने बताए। उनले डिजिटल अधिकार अमूर्त विचार भन्दा पनि संविधानद्वारा संरक्षित समानता र स्वतन्त्रता जस्ता मौलिक अधिकार भएको उल्लेख गरे।

प्रविधि सुविधाको उपकरणका रूपमा मात्र विकास हुन नहुने उनको भनाइ थियो । नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय आवासीय प्रतिनिधि हाना सिंगर हम्दीले डिजिटल अधिकारलाई सही ढङ्गले प्रयोग गर्नुपर्ने बताए । डिजिटल युगले गणतन्त्रलाई मद्दत पुर्‍याउने उनको भनाइ थियो । उनले आधुनिक समाजमा नैतिक र जिम्मेवार प्रविधिको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।

श्रीलङ्काका प्रा.डा. रोहन समरजीवाले सरकारले डिजिटल अधिकारलाई सही ढङ्गले प्रयोग नगर्दा नेपाल, बङ्गलादेश, श्रीलङ्कालगायतका देशमा आन्दोलन भएको बताए । उनले इन्टरनेटलाई बन्द गर्नुभन्दा नीति बनाएर प्रयोग गर्नुपर्ने धाराणा राखे ।

फ्रिडम फोरमका संस्थापक एवम् कार्यक्रमका अध्यक्ष तारानाथ दाहालले डिजिटल अधिकारमाथि लगाइएको बन्देजका कारण नेपालमा जेनजी आन्दोलन भएको बताए। उनले डिजिटल अधिकारलाई बन्देज गराउनुभन्दा विस्तारै व्यवस्थित गर्दै लैजानुपर्ने धारणा राखे ।

एकदिने सम्मेलनमा डिजिटल युगमा मानव अधिकारको रक्षा, चरणवद्ध पारदर्शीता र डिजिटल प्रशासन, नेपालमा एआई नीतिको विकास, सूचना निष्पक्षता र डिजिटल साक्षरता, चुनौती र समाधान लगायतका विषयमा विभिन्न सेसनमा छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ल क्याम्पसमा अध्ययनरत छात्रामाथि अभद्र व्यवहार

ल क्याम्पसमा अध्ययनरत छात्रामाथि अभद्र व्यवहार

काठमाडौं । प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसमा बी.ए.एलएल.बी पढ्ने एक छात्रामाथि आइतबार अज्ञात व्यक्तिले अभद्र...

खरिद ऐनमा टेक्दै कुलमानले तोडे सिँचाइका २२ ठेक्का

खरिद ऐनमा टेक्दै कुलमानले तोडे सिँचाइका २२ ठेक्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको निर्देशनमा विभागीय मन्त्रालयले सिँचाइ आयोजनाको २२...

बाल सुधार गृह : सुध्रिएन राज्यको व्यवहार र कानून

बाल सुधार गृह : सुध्रिएन राज्यको व्यवहार र कानून

काठमाडौं । बालिक नहुँदै अपराधकर्ममा संलग्न भएको व्यक्तिलाई कारागार (जेल) मा राखिँदैन । त्यस्ता...

ललितपुर बार एशोसिएशनकाे आयोजनामा ब्याडमिन्टन प्रतियोगिता हुँदै

ललितपुर बार एशोसिएशनकाे आयोजनामा ब्याडमिन्टन प्रतियोगिता हुँदै

ललितपुर । बार दिवसको अवसरमा ललितपुर बार एशोसिएशनले दोस्रो खुला महिला तथा पुरुष ब्याडमिन्टन...