युवामन्त्री गुप्ताविरुद्ध अख्तियारमा उजुरी, मानवतस्करी गर्न खोजेको आरोप

२४ पुष २०८२

युवामन्त्री गुप्ताविरुद्ध अख्तियारमा उजुरी, मानवतस्करी गर्न खोजेको आरोप

काठमाडौँ । वर्तमान जेन-जी सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उनीविरुद्ध अमेरिका भ्रमणको निहुँमा मानवतस्करी गर्न खोजेको उजुरीपत्रमा उल्लेख छ ।

प्रधानमन्त्री सुशीला कार्कीले गुप्तासँग राजीनामा माग गरिसकेकी छिन्‌ । गुप्ताले आफू अमेरिका गएर फर्केपछि राजीनामा बुझाउने बताएका खबर सार्वजनिक भइरहेका छन्‌ ।

अमेरिका भ्रमणको बहानामा मन्त्री गुप्ताले मानवतस्करीमार्फत्‌ नेपालीलाई अमेरिका पुर्‍याउने खोजेको आरोपसहित अधिवक्ता युवराज पौडेलले आयोगमा उजुरी दर्ता गरेका हुन्‌ । साथै; अमेरिकी सरकारको अभिलेखमा नभएको कार्यक्रममा जान मन्त्री गुप्ताले नक्कली आयोजक र नक्कली निमन्त्रणापत्रको सहारा लिएको दाबी गरिएको छ ।

‘आफू मात्र नभइ सामूहिक रुपमा कार्यक्रमको नाममा अमेरिका जान खोज्नु संगठित रुपमा मानव तस्करी गर्नु हो । अतः उल्लेखित सम्पूर्ण कागजात झिकाई निज बब्लु गुप्तामाथि मानव तस्करी मुद्दामा समेत अनुसन्धान र दोषी देखिए हदैसम्म कारबाही गर्न माग गर्दछु’, उजुरीपत्रमा लेखिएको छ ।

मन्त्री गुप्ता माघ ३ गते ‘रोल अफ एनआरएनए युथ इन द डेभलपमेण्ट अफ नेपाल पोस्ट जेनजी रिभोल्युसन’ कार्यक्रममा सहभागी हुन अमेरिका जाँदैछन्‌ । उनको भ्रमण प्रस्तावलाई पुस २२ गते बसेको मन्त्रिपरिषद्‌ बैठकले स्वीकृत गरेको थियो ।

मन्त्री गुप्ताविरुद्ध अख्तियारमा दर्ता गरिएको उजुरी :

 

याे पनि –

न्यायालयमाथि भइरहेको साइबर हमलाप्रति सर्वोच्चको ‘एक्सन’ सुरु

सम्बन्धित खवर

निर्वाचनको मुखमा कांग्रेस फुट्दा कानूनी सकस, फागुन २१ को चुनाव नसरे एउटा पक्षले स्वतन्त्र उम्मेदवार उठाउनुपर्ने

निर्वाचनको मुखमा कांग्रेस फुट्दा कानूनी सकस, फागुन २१ को चुनाव नसरे एउटा पक्षले स्वतन्त्र उम्मेदवार उठाउनुपर्ने

काठमाडौँ । अन्तिम घडीमा आएर कुनै जादुमय सहमति जुटेन भने अब नेपाली कांग्रेस लगभग...

रविलाई प्रधानमन्त्री बन्ने बाटो खुलाउन संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने गृहकार्य

रविलाई प्रधानमन्त्री बन्ने बाटो खुलाउन संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने गृहकार्य

काठमाडौँ । रवि लामिछानेविरुद्ध विभिन्न अदालतमा चलिरहेका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाहरु फिर्ता...

संस्थापनले गगन र विश्वप्रकाशलाई निष्काशन गरेपछि काङ्ग्रेस विभाजित

संस्थापनले गगन र विश्वप्रकाशलाई निष्काशन गरेपछि काङ्ग्रेस विभाजित

काठमाडौँ । विशेष महाधिवेशन आयोजना गरेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई संस्थापन पक्षले निष्काशन...

आधार र मतदाता परिचयपत्र जन्म मितिको ठोस प्रमाण होइन : मध्य प्रदेश उच्च अदालत

आधार र मतदाता परिचयपत्र जन्म मितिको ठोस प्रमाण होइन : मध्य प्रदेश उच्च अदालत

भारत । भारतको मध्यप्रदेश उच्च अदालतले एउटा महत्त्वपूर्ण फैसला सुनाउँदै सेवासम्बन्धी मामिलाहरूमा आधार कार्ड...