काठमाडाैँ । नेपाली कांग्रेसकाे आधिकारिकताको विवाद लिएर शेरबहादुर देउवा पक्षा सर्वोच्च अदालतसम्म पुगेको छ । गगन थापा नेतृत्वको समूहलाई आधिकारिक मान्यता दिएको निर्वाचन आयोगको निर्णयलाई चुनौती दिँदै शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको हो ।
तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट दर्ता गराएसँगै । देउवा पक्षले आजै मुद्दा दर्ता गरी आजै पेसी चढाउने आग्रह गरे पनि सर्वोच्च प्रशासनले प्रक्रिया र नियमावलीका कारण तत्काल सम्भव नहुने जानकारी दिएको छ । सर्वोच्च अदालत प्रशासनका अनुसार दर्ता भएको रिटको सुनुवाइ माघ ६ गतेका लागि तोकिएको छ ।
रिट निवेदनमा निर्वाचन आयोगको निर्णय कार्यान्वयन भए नेपाली कांग्रेसको ठूलो हिस्सा पार्टीविहीन हुने र आगामी निर्वाचन प्रक्रियाबाटै बाहिरिनुपर्ने अवस्था सिर्जना हुन सक्ने उल्लेख गरिएको छ । यही कारण देखाउँदै खड्कासहितका नेताहरूले तत्काल सुनुवाइको माग गरेका थिए ।
यसअघि शनिबार बसेको देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन आयोगको निर्णयविरुद्ध राजनीतिक तथा कानुनी दुवै तहबाट प्रतिवाद गर्ने निर्णय गरेको थियो । उता गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशन आयोजना गरी नयाँ कार्यसमिति चयन गरिसकेका छन्, जसमा गगन थापा सभापतिमा निर्वाचित भएका छन् ।
ताजा अपडेट
निर्वाचन : डिजिटल युगमा लोकतन्त्रको परीक्षण
१७ फागुन २०८२पायक पर्ने स्थानमा मतदानस्थल नहुँदा…
१७ फागुन २०८२
