काठमाडौँ । रवि लामिछाने र जीवी राईलगायतविरुद्ध विभिन्न अदालतमा विचाराधीन अभियोगहरु फिर्ता लिने महान्यायाधिवक्ताको निर्णय विरुद्ध परेको रिट विहीबार हेर्न नमिल्ने सूचीमा परेको छ ।
अधिवक्ता युवराज पौडेलद्वारा दायर गरिएको रिटमा मंगलबार कारण देखाऊ आदेश जारी भई अग्राधिकार प्रदान गर्ने निर्णय भएको थियो । अदालतले आज (विहीबार) निर्णयको सक्कल कागज र रवि लामिछानेका निवेदनहरुसमेत झिकाएर अन्तरिम आदेश दिने कि नदिने भन्नेबारे छलफल गर्ने तयारी थियो ।
यो रिट न्यायाधीश डा. मनोजकुमार शर्मा र को संयुक्त इजलासमा परेको थियो । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले महान्यायाधिवक्ताको निर्णय विरुद्ध दायर गरेको रिटमा पनि आजै सुनुवाई गर्ने तय भएको थियो ।
तर, दुबै रिटहरु ‘हेर्न नमिल्ने’ सूचीमा परेको अदालतले जनाएको छ ।
यो पनि-
महान्यायाधिवक्ताज्यू, जीबी राईले संगठित अपराध गरेका होइनन् ?
ताजा अपडेट
निर्वाचन : डिजिटल युगमा लोकतन्त्रको परीक्षण
१७ फागुन २०८२पायक पर्ने स्थानमा मतदानस्थल नहुँदा…
१७ फागुन २०८२
