काठमाडौँ । महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ता सविता भण्डारीविरुद्ध तथ्यहीन, आपत्तिजनक र भ्रामक सामग्री तयार गरी सामाजिक सञ्जालमा प्रसारण गरेको आरोपमा युवराज सफल भन्ने युवराज पौडेल पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनले विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत महान्यायाधिवक्ताको कार्यालय तथा महान्यायाधिवक्ताको छविमा नकारात्मक प्रभाव पार्ने उद्देश्यले तथ्यहीन आरोपसहितका भिडियो सामग्री सार्वजनिक गरेका थिए ।
प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार महान्यायाधिवक्ताको कार्यालयले माघ ८ गते प्रहरीलाई औपचारिक पत्र पठाएपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको हो । सोही पत्रका आधारमा युवराज पौडेललाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका पौडेलविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

ताजा अपडेट
निर्वाचन : डिजिटल युगमा लोकतन्त्रको परीक्षण
१७ फागुन २०८२पायक पर्ने स्थानमा मतदानस्थल नहुँदा…
१७ फागुन २०८२
