यतिबेला विश्वव्यापी रूपमा विभिन्न देश बिच तनाव बढिरहेको छ । मध्यपूर्वमा अमेरिका–इजरायल र इरानबीचको युद्धले सबैको ध्यान खिचिरहेको बेला दक्षिण एसियामा पनि पाकिस्तान र अफगानिस्तानबीच
ठूलो स्तरको सैन्य झडप सुरु भएको छ ।
धेरैले यो द्वन्द्वलाई इरान युद्धसँग जोडेर हेर्न खोजेका छन्, तर यो पूर्ण रूपमा छुट्टै घटना हो । सीमा विवाद र आतंकवादी समूहको मुद्दामा आधारित यो द्वन्द्व फेब्रुअरी अन्त्यदेखि तीव्र बनेको छ ।
फेब्रुअरी २१ मा पाकिस्तानी वायुसेनाले अफगानिस्तानको नङ्गरहार, पक्तिका र खोस्त प्रान्तमा हवाई आक्रमण गरेको थियो । पाकिस्तानको दाबी थियो- यी हमलाहरू टीटीपी (तेहरीक–ए–तालिबान
पाकिस्तान) र आइएसआईएस–केका शिविरलाई लक्षित थिए, जसले पाकिस्तानमा भएका हालैका आक्रमणहरूको जिम्मेवारी लिएका थिए ।
अफगानिस्तान (तालिबान शासन)ले यसलाई नागरिक लक्षित हमला भन्दै कडा आपत्ति जनायो । फेब्रुअरी २६ मा अफगानिस्तानले सीमा क्षेत्रमा जवाफी कारबाही गर्दै ड्रोन आक्रमण र झडपहरू सुरु गर्यो । यसको प्रत्युत्तरमा फेब्रुअरी २७ मा पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले ‘खुला युद्ध’ घोषणा गरे ।

पाकिस्तानले ‘अपरेसन गजब लिल हक’ (Righteous Fury) अन्तर्गत काबुल, कन्दाहार, पक्तिया लगायत ठाउँमा हवाई हमला तीव्र पारेको छ । अहिले दुरन्ड लाइन सीमामा दुवै पक्षबाट गोलीबारी, तोपखाना र ड्रोन हमला जारी छ ।
संयुक्त राष्ट्रसंघका अनुसार मार्च ६ सम्म अफगानिस्तानमा १ लाख १५ हजारभन्दा बढी व्यक्ति विस्थापित भएका छन् भने पाकिस्तानमा पनि हजारौं प्रभावित छन् । अफगानिस्तानले १२८ नागरिक मारिएको दाबी गरेको छ भने पाकिस्तानले आफ्ना १२ सैनिक मारिएको पुष्टि गरेको छ । दुवै पक्षले ठूलो क्षति भएको बताए पनि यकिन तथ्यांक फरक–फरक छन् ।
यो द्वन्द्वको जड पुरानो छ पाकिस्तानले अफगानिस्तानमा टीटीपी लडाकुहरूले आश्रय पाएको आरोप लगाउँदै आएको छ । तालिबान शासनले भने यस्ता आरोप अस्वीकार गर्दै पाकिस्तानलाई दोष लगाउँदै
आएको छ ।
यो घटना इरान युद्धसँग समयमा मात्रै एकै ठाउँमा परेको हो, तर कारण, देशहरू र मुद्दा पूर्णरूपमा अलग छन् । इरान युद्ध मिसाइल, ऊर्जा र क्षेत्रीय प्रभावको हो भने यो सीमा सुरक्षा र आतंकवादसँग
जोडिएको छ ।
अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई वार्ताका लागि आग्रह गरिरहेको छ । टर्कीका राष्ट्रपति एर्दोगानले मध्यस्थताको प्रस्ताव पनि राखेका छन् । तर, अहिलेसम्म कुनै ठोस प्रगति भएको छैन । सीमा क्षेत्रका बासिन्दाहरू डर र अनिश्चिततामा छन् ।
यो पनि-
ताजा अपडेट
इरान-अमेरिकी-इजराइल युद्ध : एक हप्ताको प्रभाव
२५ फागुन २०८२१० हजार पृष्ठको कार्की आयोगको प्रतिवेदन, २०० जनाको वयान
२४ फागुन २०८२
