धादिङमा भएको बस दुर्घटना छानबिन गर्न सरकारी कार्यदल गठन

जस नेपाल

११ फागुन २०८२

धादिङमा भएको बस दुर्घटना छानबिन गर्न सरकारी कार्यदल गठन

काठमाडौँ । पोखराबाट काठमाडौँ आउँदै गरेको ग२ख १४२१ नम्बरको यात्रुवाहक बस धादिङको भैँसीगौँडामा दुर्घटना हुँदा ठूलो सङ्ख्यामा मानवीय हताहती भएपछि सरकारले दुर्घटना छानबिन गर्न कार्यदल गठन गरेको छ ।

सहसचिव संयोजकत्वको पाँच सदस्यीय कार्यदलले दुर्घटनाको कारण, राजमार्गको अवस्था र समस्या समाधानका उपाय सुझाउने गृह मन्त्रालयका अधिकारीहरूले बताएका छन्‌ ।

सोमबार बिहान भएको उक्त दुर्घटनामा हालसम्म १९ जनाले ज्यान गुमाइसकेका छन्‌, २५ यात्रु घाइते छन्‌ । काठमाडौँस्थित ट्रमा सेन्टरमा ल्याएर घाइतेहरूको उपचार थालिएको छ ।

छानबिन कार्यदल गठन गर्न गृहमन्त्री ओमप्रकाश अर्यालले विभागीय मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीहरूसँग बैठक गरेका थिए ।

सडक दुर्घटनामा नेपालमा दैनिक औषत सात जनाको ज्यान जाने प्रहरीको तथ्याङ्क छ । सडक दुर्घटनाको मुख्य कारण जोखिमयुक्त सडक, पुराना सवारीसाधनको यान्त्रिक कमजोरी र यातायात व्यवसायी तथा चालक/सहचालकको लापरवाही रहिआएको छ ।

सम्बन्धित खवर

सतर्कता केन्द्रको छड्के : करिब सात हजार सरकारी कर्मचारी समयमै पुग्दैनन् कार्यालय

सतर्कता केन्द्रको छड्के : करिब सात हजार सरकारी कर्मचारी समयमै पुग्दैनन् कार्यालय

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता दिएको छ । केन्द्रले...

काजकिरिया थालेको दुई दिनपछि जीवितै भेटिए दावा शेर्पा

काजकिरिया थालेको दुई दिनपछि जीवितै भेटिए दावा शेर्पा

काठमाडौँ । सात दिनअघि सगरमाथा आरोहणमा हराएका एक नेपाली शेर्पा गाइड दावा शेर्पाको मृत्यु...

देशको कार्यकारी प्रमुखले विबन्धन र इहलेन घोषणा बिर्सिँदा के हुन्छ ?

देशको कार्यकारी प्रमुखले विबन्धन र इहलेन घोषणा बिर्सिँदा के हुन्छ ?

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको एउटा अभिव्यक्तिले अहिले नेपाली राजनीति मात्रै होइन,...

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति  संविधानविद् आचार्यको आपत्ति

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति संविधानविद् आचार्यको आपत्ति

काठमाडौं । संवैधानिक कानूनविद् भीमार्जुन आचार्यले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएका छन्...