१० हजार पृष्ठको कार्की आयोगको प्रतिवेदन, २०० जनाको वयान

२४ फागुन २०८२

१० हजार  पृष्ठको कार्की आयोगको प्रतिवेदन, २०० जनाको वयान

काठमाडौँ । २०८२ भदौ २३ र २४ गतेको घटनाको छानविनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोगले आइतबार( २०८२ फागुन २४ गते सरकारलाई प्रतिवेदन बुझाएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर आइतबार जाँचबुझ आयोगका पदाधिकारीहरुले प्रतिवेदन बुझाएका हुन् ।

आयोगका सदस्यले दिएको जानकारी अनुसार प्रतिवेदन करिब १० हजार पृष्ठको रहेको छ । जाँचबुझका क्रममा करीब २ सय जनासँग वयान कागज गराइएको छ ।

भदौ २३ र २४ का घटनामा दोषी देखिएकाहरुलाई कारबाहीको सिफरिससमेत गरिएको छ । क–कसलाई कारवाहीको सिफरिस गरिएको छ भन्ने सम्बन्धमा पदाधिकारीहरुले सञ्चारमाध्यमलाई बताएका छैनन्।
जाँचबुझ समितिले बुझाएको प्रतिवेदन अध्ययन गरेपछि त्यसबारे आवश्यक कदम चालिने प्रधानमन्त्री सुशीला कार्कीले बताएकी छन् ।

सुशीला कार्की नेतृत्वको सरकारले गत असोज ५ गते पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको थियो । तीन सदस्यीय आयोगका सदस्यहरुमा कानूनविद विश्वेश्वर भण्डारी र पूर्वएआइजी विज्ञानराज शर्मा सदस्य थिए ।

तीन महिना कार्यावधि रहेको आयोगको तेस्रोपटक थपिएको म्याद सकिने दिन (फागुन २४) आयोगले सरकारलाई प्रतिवेदन बुझाएको हो । चुनाव अघि नै आयोगले प्रतिवेदन बुझाउने अपेक्षा गरिएकोमा चुनावपछिसम्म म्याद थप गरिएको थियो ।

सम्बन्धित खवर

संविधान संशोधनबारे कांग्रेसको ‘बटमलाइन’ (पूर्णपाठ)

संविधान संशोधनबारे कांग्रेसको ‘बटमलाइन’ (पूर्णपाठ)

संविधानले संघीय संसदलाई तिमीले दश वर्ष पुगेपछि यो यो कुरामा पुनरावलोकन गर है भनेर...

संसदीय उपसमितिको निष्कर्ष – बाल सुधार गृहलाई नै सुधारको खाँचो

संसदीय उपसमितिको निष्कर्ष – बाल सुधार गृहलाई नै सुधारको खाँचो

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिमा बाल सुधार गृहमा रहेका बालबालिकाको...

अब गण्डकी प्रदेशमा गाँजा खेती गर्न पाइने ! प्रदेश सभाले पारित गर्‍यो विधेयक

अब गण्डकी प्रदेशमा गाँजा खेती गर्न पाइने ! प्रदेश सभाले पारित गर्‍यो विधेयक

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती गर्ने बाटो खुलेको...

चार विधेयकमाथि राष्ट्रियसभा समितिमा दफाबार छलफल

चार विधेयकमाथि राष्ट्रियसभा समितिमा दफाबार छलफल

काठमाडौँ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको आज बिहिबारको बैठकमा प्रतिनिधिसभाबाट पारित भई सन्देशसहित प्राप्त...