नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण, यस्तो बन्यो १५ सदस्यीय मन्त्रीमण्डल

जस नेपाल

१३ चैत २०८२

नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण, यस्तो बन्यो १५ सदस्यीय मन्त्रीमण्डल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिएका हन्।

राष्ट्रपति पौडेलले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका नेता शाहलाई शपथ गराएका हुन् । राष्ट्रपति पौडेलले आजै बिहान उनलाई नेपालको संविधानको धारा, ७६ को उपधारा (१) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमानप्रधानमन्त्री सुशीला कार्की र पूर्व प्रधानमन्त्रीहरु उपस्थित थिए । समारोहमा संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका अधिकृत, सुरक्षा निकायका प्रमुख, यहाँस्थित विभिन्न कूटनीतिक नियोगका पदाधिकारीलगायत उपस्थित थिए ।

प्रधानमन्त्रीको शपथ पहिलोपटक वैदिक–सनातन परम्परा झल्किने गरी गरिएको थियो । समारोहमा सात शङ्खबाट शङ्खनादसँगै १०८ जना वटुकले स्वस्ति–शान्ति वाचन र १०८ बौद्ध भिक्षु लामाले शुभ–मङ्गल पाठ गरेका थिए ।

रास्वपा वरिष्ठ नेता शाहलाई बिहीबार सो पार्टीले संसदीय दलका नेतामा सर्वसम्मत चयन गरेको थियो ।

यस्तो बन्याे १५ सदस्यीय मन्त्रीमण्डल

– बालेन्द्र शाह, प्रधानमन्त्री
– स्वर्णिम वाग्ले, अर्थमन्त्री
– सुधन गुरुङ, गृह मन्त्री
– शिशिर खनाल, परराष्ट्र मन्त्री
– सुनिल लम्साल, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री
– विराजभक्त श्रेष्ठ, ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री
– खड्कराज पौडेल (गनेश), पर्यटनमन्त्री
– सस्मित पोखरेल, शिक्षा विज्ञान, तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री
– निशा मेहता, स्वास्थ्य तथा जनसंख्या मन्त्री
– विक्रम तिमिल्सिना, सञ्चारमन्त्री
– प्रतिभा रावल, सामान्य प्रशासन मन्त्री
– दीपक साह (महोत्तरी), श्रम रोजगार मन्त्री
– सोविता गौतम, कानुन मन्त्री
– गीता चौधरी कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री,
– सीता वादी महिला, बालबालिका मन्त्री

सम्बन्धित खवर

मन्त्री सोविताको पहिलो ध्यान : बलात्कारसम्बन्धी कानून संशोधन

मन्त्री सोविताको पहिलो ध्यान : बलात्कारसम्बन्धी कानून संशोधन

काठमाडौँ । नवनियुक्त कानूनमन्त्री सोविता गौतमले गत चुनावका बेला सामाजिक सञ्जालमा विपक्षीहरुबाट खेप्नुपरेको एउटा...

बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठक आजै, सरकारका कामबारे प्रारम्भिक निर्णय लिने

बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठक आजै, सरकारका कामबारे प्रारम्भिक निर्णय लिने

काठमाडौँ । नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक आजै बस्ने भएको छ। केहीबेरमै प्रधानमन्त्री तथा...

गृहमन्त्री सुधन गुरुङका ५१ अधिकार

गृहमन्त्री सुधन गुरुङका ५१ अधिकार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन...

सांसदको संख्या घटाऔं, क्षमतै नभएका व्यक्ति पनि चुनिए : कार्की आयोग

सांसदको संख्या घटाऔं, क्षमतै नभएका व्यक्ति पनि चुनिए : कार्की आयोग

काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले विहीबार सिंहदरबार परिसरमा हर्षोल्लासका साथ सपथ खाइरहेका थिए ।...