काठमाडौँ । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सुधार गर्नुपर्ने कानून निर्माणमा ध्यान दिने बताएकी छन् ।
राष्ट्रपतिसक्षम शपथ ग्रहणलगत्तै सिंहदरबारमा आएर पदभार ग्रहण गर्दै मुलुकी अपराधसंहिता, २०७४ लगायतका संहिताहरुमा गर्नुपर्ने सुधारका सम्बन्धमा अध्ययन गर्ने विषयमा हस्ताक्षर गर्दै सुधार गर्नुपर्ने कानून निर्माणमा ध्यान दिने बताइन् ।

“विगतमा रोकिएर रहेका नयाँ निर्माण गर्नुपर्ने कानूनहरु, संशोधन गर्नुपर्ने विषयहरुमा सबै अध्ययन गरेर काम गर्छौं,” मन्त्री गौतमले भनिन्, “भर्खर जिम्मेवारी सम्हालेको छु, अध्ययन गरेर काम गर्छौं ।”
चितवन क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधित्व गर्नुहुन्छ । विसं २०५२ असार ३ गते दोलखामा जन्मिभएकी गौतम हाल चितवनको भरतपुर महानगरपालिकालाई स्थायी बसोबास बनाउँदै आएकीछन् । उनले कानून विषयमा स्नातक पूरा गरेकी छन् भने हाल काठमाडौँ स्कुल अफ लमा एलएलएम अध्ययनरत छन् ।

राजनीतिमा प्रवेशअघि नै कानून, मानव अधिकार तथा सार्वजनिक सरोकारका विषयमा सक्रिय रहनुभएकी गौतमले विभिन्न युवा अभियान र नीतिगत बहसमा आफ्नो उपस्थिति जनाउँदै आएकी थिइन् । कानूनी समस्या र अधिकार उल्लङ्घनका विषयलाई कानूनी प्रक्रियामार्फत समाधानतर्फ लैजाने अनुभव समेत छ ।
याे पनि – नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण, यस्तो बन्यो १५ सदस्यीय मन्त्रीमण्डल



