काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ आफ्नो पदीय जिम्मेवारी सम्हालेदेखि नै सक्रिय देखिएका छन् । उनको ध्यान भदौ २३ को घटनामा केन्द्रित भएको छ । साथै कांग्रेसका नेतालाई भ्रष्टाचार मुद्दामा समाउनका लागि पनि उनले तदारुकता देखाएका छन् । तर, उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट भदौ २४ गते लुटिएका हतियार फिर्ता ल्याउन भने गृहमन्त्रीले कहिले ध्यान देलान् ? सुरक्षा निकाय यो विषयले गर्दा हैरान बनिरहेको छ ।
जेजजी आन्दोलनका बेला उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रदिप सिंह धामीले गौरीबहादुर कार्की आयोगलाई दिएको बयानमा भदौ २४ गते अज्ञात समूहबाट लुटिएका हतियारहरुको विवरण पेश गरेका छन् ।
धामीले आयोगलाई लिएको वयान अनुसार भदौ २४ मा लुटिएर अहिलेसम्म फेला नपरेका हतियारहरुमा इन्सास राइफल दुईवटा र एसएमजी राईफल दुईवटा समेत छन् । उक्त दिन ८ वटा एसएलआर राइफल लुटिएका थिए भने ३०३ राईफल तीनवटा लुटिएका थिए ।
त्यसैगरी रानीपोखरीस्थित प्रहरी कार्यालयबाट भदौ २४ गते चाइनिज पेस्तोल १२६ वटा लुटिएका थिए, ती पनि अहिलेसम्म फेला पर्न सकेको छैन ।
जेनजी आन्दोलनमा लुटिएका यी हतियार अहिलेसम्म फेला परेका छैनन् । यो विषय गौरीबहादुर आयोगको २०४ र २०५ पृष्ठमा उल्लेख छ ।
गम्भीर प्रकृतिका हतियारहरु लुटिएको घटनामा अहिलेसम्म गृहप्रशासनले गम्भीरतापूर्वक ध्यान दिन सकेको छैन । ती हतियारहरु फिर्ता ल्याएर लुटेरामाथि कारबाही नगर्ने हो भने लुटिएका हतियारको प्रयोगबाट समाजमा अपराध हुनसक्ने जोखिम बढ्ने छ । साथै अन्तरराष्ट्रिय जगतमा पनि नेपालको छवि धुमिल हुन जाने छ ।
हेर्नुहोस् भदौ २४ मा रानीपोखरी प्रहरी कार्यालयबाट मात्रै लुटिएका हतियारको विवरण–


