बालेन सरकार तातिँदा अदालतमा पनि गर्मागर्मी, रविको पासपोर्ट सम्बन्धी मुद्दासमेत पेशीमा चढ्यो

जस नेपाल

१६ चैत २०८२

बालेन सरकार तातिँदा अदालतमा पनि गर्मागर्मी, रविको पासपोर्ट सम्बन्धी मुद्दासमेत पेशीमा चढ्यो

काठमाडौँ । जननिर्वाचित बालेन सरकारले विपक्षी पार्टीका नेताहरुलाई धमाधम पक्रेर मुद्दा चलाउन थालेपछि अदालतको सक्रियता पनि एकाएक बढेको छ । आपराधिक कार्यहरुको छिनोफानो गर्नुपर्ने अदालतमा राजनीतिक नेताका मुद्दाहरु आउन थालेपछि यसले अदालतप्रति राजनीतिक चासोसमेत बढाएको छ ।

आइतबार पक्राऊ परेका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाईको माग गर्दै उनकी श्रीमती राधिका शाक्यले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाई हुँदैछ । यो रिट न्यायाधीश मेघराज पोखरेलको इजलासमा परेको छ ।

भदौ २३ को जेनजी आन्दोलनमा भएको गोलीकाण्डसम्बन्धी ज्यान मुद्दा लगाएर ओलीलाई आइतबार भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरिएको हो । उनलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । पक्राऊ परेका ओलीलाई जिल्ला अदालत काठमाडौंले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

त्यसैगरी आइतबार नै पक्राऊ परेका पूर्वगृहमन्त्री रमेश लेखककी श्रीमती यशोदा लेखकले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा पनि सर्वोच्च अदालतमा आजै सुनुवाई हुँदैछ । यो रिट न्यायाधीश कुमार रेग्मीको बेञ्चमा परेको छ ।

लेखकलाई पनि आइतबार जिल्ला अदालत काठमाडौंले पाँच दिन थुनामा राख्न अनुमति दिएको थियो ।

रविको पासपोर्टसम्बन्धी मुद्दा पनि पेशीमा

यसैवीच रास्वपा सभापति रवि लामिछानेविरुद्धको पासपोर्ट दुरुपयोगसम्बन्धी सर्वोच्चमा विचाराधीन मुद्दा पनि आज पेशीमा चढेको छ ।

युवराज पौडेलले दायर गरेको मुद्दा न्यायाधीश कुमार रेग्मी र मेघराज पोखरेलको संयुक्त इजलासमा परेको छ ।

उता, रवि लामिछानेको मुद्दा फिर्ता लिन महान्यायाधिवक्ताले गरेको निर्णयविरुद्ध परेको रिट पूर्ण इजलासमा गएको छ ।

सम्बन्धित खवर

पूर्वमन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति

पूर्वमन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । काठमाडाैँ जिल्ला अदालतले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता दीपक खड्कालाई ७ दिन...

ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न अनुमति

ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडाैँ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई ५ दिन...

रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा सर्वोच्चको पूर्ण इजलासमा प्रवेश

रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा सर्वोच्चको पूर्ण इजलासमा प्रवेश

काठमाडौँ । रवि लामिछाने सम्बन्धी मुद्दा संशोधन गर्ने निर्णयविरुद्ध दायर रिट अब सर्वोच्च अदालतको...

ओली पक्राउ विरुद्धको प्रत्यक्षीकरण रिट दर्ता, सोमबार सुनुवाइ हुने

ओली पक्राउ विरुद्धको प्रत्यक्षीकरण रिट दर्ता, सोमबार सुनुवाइ हुने

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्ध सर्वोच्च अदालतमा प्रत्यक्षीकरण...