ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न अनुमति

जस नेपाल

१५ चैत २०८२

ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडाैँ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

काठमाडौ जिल्ला अदालतका न्यायाधिश आनन्द श्रेष्ठको एकल इजलासले ओली र लेखक दुवैजनालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले मिडियालाई दिएको जानकारी अनुसार न्यायाधीश आनन्द श्रेष्ठको इजलासले ओली र लेखक दुबैलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

प्रतिवादीहरूको बयान गर्न र बुझ्नुपर्ने मानिसहरूको घटना विवरण कागज गर्न तथा भदौ २३ /२४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन अध्ययन विश्लेषण गर्नेलगायतको प्रयोजनका लागि प्रतिवादीहरूलाई प्रहरी हिरासतमा राख्न अनुमति माग गरेको व्यहोरा मनासिब देखिएको अदालतको आदेशमा जनाइएको छ ।

अदालतको आदेशअनुसार अब ओली र लेखकलाई प्रहरीले चैत १९ गते विहीबारसम्म हिरासतमा राख्न पाउने छ । उक्त दिनमा अनुसन्धान पूरा भएमा सरकारी वकील कार्यालयमा प्रतिवेदन पेश हुनेछ । अनुसन्धान नसकिएमा विहीबार पुन म्याद थपका लागि अदालतमा पेश गर्नुपर्ने छ ।

प्रहरीले पूर्व प्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई शनिबार बिहान ज्यान मुद्दाको अभियोगमा पक्राउ गरेको हो ।

भदौ २३ को जेनजी आन्दोलनमा गोली चलाएर व्यक्ति हत्या गरेको भन्दै गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको जाँचबुझ आयोगले कारवाहीको सिफारिस गरेपछि ओली र लेखक पक्राउ परेका हुन् ।

सम्बन्धित खवर

झुट्टा विवरण पेस गरी शिक्षक बनेका नवराज केसीसहित दुईजनाविरुद्ध मुद्दा दायर 

झुट्टा विवरण पेस गरी शिक्षक बनेका नवराज केसीसहित दुईजनाविरुद्ध मुद्दा दायर 

काठमाडौँ । लमजुङको सुन्दरबजारस्थित आदर्श बाल माध्यमिक विद्यालयका शिक्षक नवराज केसीले झुट्टा विवरण पेस...

सर्वोच्चले भन्यो गाउँ कार्यपालिकाको कार्यविधि बदर गर्ने अधिकार संवैधानिक इजलासलाई छैन (पूर्णपाठसहित)

सर्वोच्चले भन्यो गाउँ कार्यपालिकाको कार्यविधि बदर गर्ने अधिकार संवैधानिक इजलासलाई छैन (पूर्णपाठसहित)

काठमाडौँ । सुनकोशी गाउँपालिकाको शिक्षा सम्बन्धी कार्यविधि २०७५ का केही प्रावधान संघीय शिक्षा नियमावलीसँग...

बिल मिलेन भन्दै घुस माग्ने कर अधिकृत र सीए विरुद्ध भ्रष्टाचार मुद्दा दायर

बिल मिलेन भन्दै घुस माग्ने कर अधिकृत र सीए विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । सिरहाको लहानस्थित आन्तरिक राजस्व कार्यालयका कर अधिकृत युवराज एमएस पाल र चार्टर्ड...

सर्वोच्चले भन्यो पुनरावलोकनमा पूर्ण पुनर्मूल्याङ्कन होइन, सीमित आधारमै फैसला गर्नुपर्ने (पूर्णपाठसहित)

सर्वोच्चले भन्यो पुनरावलोकनमा पूर्ण पुनर्मूल्याङ्कन होइन, सीमित आधारमै फैसला गर्नुपर्ने (पूर्णपाठसहित)

काठमाडौँ। श्रीमानको हत्यामा दोषी ठहर भएकी रोल्पाकी चान्ची घर्तीलाई सर्वोच्च अदालतको पूर्ण इजलासले जन्मकैदको...