शंकर अग्रवालका छोरा सुलभ पनि सम्पत्ति शुद्धीकरण विभागको नियन्त्रणमा

जस नेपाल

२२ चैत २०८२

शंकर अग्रवालका छोरा सुलभ पनि सम्पत्ति शुद्धीकरण विभागको नियन्त्रणमा

काठमाडौँ । शंकर ग्रुपका सञ्चालक शंकरलाल अग्रवालका छोरा सुलभ अग्रवाललाई पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नियन्त्रणमा लिएको छ ।

शंकर ग्रुपका सञ्चालक शंकर अग्रवाललाई विभागले गत शुक्रवार साँझ नियन्त्रणमा लिएको थियो । उनलाई नियन्त्रणमा लिएसँगै उनका छोरा सुलभलाई पनि बयानका लागि नियन्त्रणमा लिइएको विभागले जानकारी दिएको छ ।

विभागले बयानका लागि बाेलाएपछि सुलभ आफै शुद्धीकरण अनुसन्धान विभाग पुगेका हुन् । हाल उनलाई नियन्त्रणमा लिएर बयान लिने काम भइरहेकाे विभागका महानिर्देशक गजेन्द्र ठाकुरले  जानकारी दिए ।

यसैवीच वयान लिइसकेपछि आइतबार दिउँसो श‌ंकरलाल अग्रवाल रिहा भएका छन् ।

सम्बन्धित खवर

सात हजारभन्दा बढी ‘अनलाइन’ सट्टेबाजी ‘एप’ र ‘वेबसाइट’ बन्द

सात हजारभन्दा बढी ‘अनलाइन’ सट्टेबाजी ‘एप’ र ‘वेबसाइट’ बन्द

काठमाडौँ । ‘अनलाइन’ सट्टेबाजीसँग सम्बन्धित सात हजारभन्दा बढी ‘एप्लिकेसन (एप)’ र ‘वेबसाइट’ (युआरएल) बन्द...

सरी बाबा, म बलात्कृत भएँ !

सरी बाबा, म बलात्कृत भएँ !

काठमाडौं । ‘बले’ उर्फ सागर लम्साल क्षेत्री जबजजस्ती करणीको आरोपमा काठमाडौँको बूढानीलकण्ठबाट शनिबार पक्राउ ...

वैदेशिक रोजगारीका नाममा ७३ लाख बढी ठगी गर्ने चार पक्राउ

वैदेशिक रोजगारीका नाममा ७३ लाख बढी ठगी गर्ने चार पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाउने भन्दै अवैध रूपमा रकम सङ्कलन गरी...

रमेश लेखकको पक्राउबारे महान्यायाधिवक्ता कार्यालयको जवाफ – कानूनभन्दा माथि कोही छैन, पूर्व गृहमन्त्री हुँदैमा उन्मुक्ति पाइँदैन

रमेश लेखकको पक्राउबारे महान्यायाधिवक्ता कार्यालयको जवाफ – कानूनभन्दा माथि कोही छैन, पूर्व गृहमन्त्री हुँदैमा उन्मुक्ति पाइँदैन

काठमाडौँ । जेन-जी विद्रोहका भएको दमनबारे जाँचबुझ गर्न गठित आयोगको सिफारिसमा पक्राउ परेका तत्कालीन...