ओलीलाई ५ दिन हिरासतमा राख्न अनुमति, लेखक बारे के छ आदेश ?

जस नेपाल

२२ चैत २०८२

ओलीलाई ५ दिन हिरासतमा राख्न अनुमति, लेखक बारे के छ आदेश ?

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले आइतबार उनीहरूविरुद्ध म्याद थप गरिदिएको अधिवक्ता शिव अर्यालले जस नेपाललाई जनकारी दिए ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रधानमन्त्री र गृहमन्त्रीको हैसियतमा निर्वाह गरेको भूमिकामाथि प्रश्न उठेपछि जाँचबुझ आयोगले फौजदारी कसुरमा कारबाही अघि बढाउन सिफारिस गरेको थियो ।

नयाँ सरकार गठन भएसँगै गृहमन्त्री सुधन गुरुङको सक्रियतामा जाँचबुझ आयोगको सिफारिसकै आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको हो । ओली र लेखक चैत १४ गते बिहान भक्तपुरबाट पक्राउ परेका थिए ।

सम्बन्धित खवर

साताको अदालत ‍: देउवा दम्पती प्रकरणदेखि न्यायिक प्रविधिको नयाँ कदमसम्म

साताको अदालत ‍: देउवा दम्पती प्रकरणदेखि न्यायिक प्रविधिको नयाँ कदमसम्म

काठमाडौँ । यो साता धेरैको ध्यान नयाँ प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मा नियुक्त भएपछि...

बजेट र स्वतन्त्र न्यायपालिकाबीचको सम्बन्ध

बजेट र स्वतन्त्र न्यायपालिकाबीचको सम्बन्ध

प्रत्येक न्यायाधीश आफ्नोसमक्ष प्रस्तुत मुद्दाका तथ्यहरुको मूल्याङ्कन र कानूनको आफ्नो बुझाइअनुसार निर्णय गर्न स्वतन्त्र...

विद्युतीय अदालत व्यवस्थापन प्रणाली विस्तार गर्ने अर्थमन्त्रीको घोषणा

विद्युतीय अदालत व्यवस्थापन प्रणाली विस्तार गर्ने अर्थमन्त्रीको घोषणा

काठमाडौँ ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै न्याय...

नीतिगत भ्रष्टाचार अन्त्य गर्न स्वार्थको  द्वन्द्व सम्बन्धी कानून तर्जुमा गरिने

नीतिगत भ्रष्टाचार अन्त्य गर्न स्वार्थको  द्वन्द्व सम्बन्धी कानून तर्जुमा गरिने

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटमा नीतिगत भ्रष्टाचार रोक्न...