काठमाडौँ । आज (मङ्गलबार) बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट र नेपाल राष्ट्र बैङ्कको गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको छ ।
राष्ट्र बैङ्कका पूर्व कार्यकारी निर्देशक रहेका डा. भट्टले नयाँ गभर्नर नियुक्ति क्रममा तत्कालीन नेतृत्वबाट आश्वासन पाएका थिए । तर, काङ्ग्रेस सभापति शेरबहादुर देउवाले भट्टको साटो डा. विश्व पौडेलको नाम सिफारिस गरिदिएपछि भट्ट मर्कामा परेका थिए ।
मन्त्रिपरिषद् बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष श्रीमणकुमार गौतम र सदस्यहरू ललिताकुमारी महर्जन तथा ध्रुव आचार्यको राजीनामा पनि स्वीकृत गरेको छ ।

