सम्पत्ति शुद्धीकरण : दीपक भट्ट र सुलभ अग्रवालको हिरासत १२ दिन थप

जस नेपाल

२३ वैशाख २०८३

सम्पत्ति शुद्धीकरण : दीपक भट्ट र सुलभ अग्रवालको हिरासत १२ दिन थप

काठमाडौं। विशेष अदालतले सम्पत्ति शुद्धीकरणको आरोप लागेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले बुधबार उक्त आदेश दिएको हो ।

अदालतको आदेशअनुसार दीपक भट्टको हकमा यो पाँचौं पटक र सुलभ अग्रवालको हकमा छैटौं पटक म्याद थप भएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दीपक भट्टलाई चैत १९ गते र सुलभ शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई चैत २२ गते पक्राउ गरेको थियो ।

दुवैलाई सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) को कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को समन्वयमा पक्राउ गरिएको थियो ।

अदालतले अब थप १२ दिन अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको छ ।

सम्बन्धित खवर

पाटन उच्च बार वामपन्थीको कब्जामा, सेवन्तराज बने अध्यक्ष (मत परिणामसहित)

पाटन उच्च बार वामपन्थीको कब्जामा, सेवन्तराज बने अध्यक्ष (मत परिणामसहित)

ललितपुर । उच्च अदालत बार एशोसिएसन, पाटनको अध्यक्षमा अधिवक्ता सेवन्तराज निरौला विजयी बनेका छन्...

मतदानस्थलमा रास्वपा सांसद छिरेपछि उच्च बारको चुनाबमा हुलदंगा, प्रहरीले च्यात्यो कालो कोट

मतदानस्थलमा रास्वपा सांसद छिरेपछि उच्च बारको चुनाबमा हुलदंगा, प्रहरीले च्यात्यो कालो कोट

ललितपुर । उच्च अदालत बार एशोसिएसन पाटनको निर्वाचनमा शनिबार दिउँसो केहीबेर हुलदंगा भयो ।...

कानूनबिनै सर्वोच्चले कसरी रोक्यो नेपाली मदिरामा ‘स्कच’ वा ‘स्कटिस’ शब्दको प्रयोग ?

कानूनबिनै सर्वोच्चले कसरी रोक्यो नेपाली मदिरामा ‘स्कच’ वा ‘स्कटिस’ शब्दको प्रयोग ?

काठमाडौं । कुनै उत्पादनको नामले त्यसको पहिचान मात्र बोकेको हुँदैन, त्यससँग जोडिएको ठाउँ, इतिहास,...

अदालतले धरौटी किन माग्छन् ? कसरी निर्धारण हुन्छ र नदिए के हुन्छ ?

अदालतले धरौटी किन माग्छन् ? कसरी निर्धारण हुन्छ र नदिए के हुन्छ ?

काठमाडौँ । विशेष अदालतले व्यवसायी शेखर गोल्छालाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पुर्पक्षका लागि एक करोड...