सर्वोच्चका बरिष्ठ न्यायाधीशहरु नहट्ने, सुशीला कार्कीसमेत रिसाइन्

जस नेपाल

२४ वैशाख २०८३

सर्वोच्चका बरिष्ठ न्यायाधीशहरु नहट्ने, सुशीला कार्कीसमेत रिसाइन्

काठमाडौँ । चौथो बरियताका न्यायाधीश डा. मनोजकुमार शर्मालाई संवैधानिक परिषदको बैठकले विहीबार प्रधानन्यायाधीशमा सिफारिस गरेपछि न्याय क्षेत्रमा तरंग आएको छ । नेपाल बार एशोसिएसनले यसबारे छलफल गर्न शुक्रबार पूर्वपदाधिकारीहरुको आकस्मिक बैठक डाकेको छ । स्वयं संवैधानिक परिषदमै दुईजना सदस्यले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहको एकाधिकारवादी निर्णयप्रति रास्वपाभित्रै दुई धार देखिएको छ । संवैधानिक परिषदको निर्णय आफैंमा प्रश्नको घेरामा परेको छ ।

कतिपय मानिसहरुले के प्रश्न गरेका छन् भने चौथो बरियताका शर्मा प्रधानन्यायाधीश बन्ने भएपछि अब रोलक्रम मिचिएर अन्यायमा परेका बरिष्ठतम् न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुयालले राजीनामा दिन्छन् या सर्वोच्चमा कार्यरत नै रहन्छन् ?

संविधानतः बरिष्ठ न्यायाधीशहरुले सर्वोच्च अदालत छाड्नुपर्ने बाध्यता छैन । न त कनिष्ठलाई प्रधानन्यायाधीश बनाउँदा बरिष्ठमाथि नैतिक दबाव नै पर्छ ।

संवैधानिक कानूनका जानकारहरुका अनुसार मनोज प्रधानन्यायाधीश बनेको अवस्थामा पनि बरिष्ठ श्रीमानहरुले कामलाई निरन्तरता दिन सक्छन् ।

त्यसो त बालेन्द्र सरकारको चाहना के देखिएको छ भने सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुयालहरु अदालतबाट हटुन् र न्यायपालिकामा मनपरी गर्न पाइयोस् ।

प्रश्नको घेरामा बालेन सरकार

स्वेच्छाचारी ढंगबाट शासन सञ्चालन गरिरहेका प्रधानमन्त्री बालेन्द्र शाहले न्यायालयको परम्परामाथि धावा बोलेर अनावश्यक बखेडा त सिर्जना गरेका छन् नै, उनले गरेको निर्णयको तार्किक जवाफ पनि दिनसकेका छैनन् ।

प्रधानमन्त्री बालेन्द्र शाहले संवैधानिक परिषदको बैठकमा सर्वोच्च अदालतमा परम्परा नभएर योग्यता र विज्ञता हेरिनुपर्ने तर्क गरेको परिषदका सदस्यलाई उधृत गर्दै अनलाइनखबरले लेखेको छ ।

प्रधानमन्त्री शाहले यस्तो तर्क गरिरहँदा न्यायाधीशत्रय सपना, कुमार र हरि फुयालमा योग्यता र विज्ञता छैन भनेर कसरी पुष्टि गर्न सक्छन् ? अनि डा. शर्माको खास विज्ञताचाहिँ के देखियो र प्रधानन्यायाधीशमा सिफारिस गरियो ? यसको औचित्य पुष्टि गर्ने जिम्मेवारी पनि अब प्रधानमन्त्री शाहकै काँधमा आएको छ, संवैधानिक परिषदको अध्यक्ष हुनुका नाताले ।

यति मात्र होइन, चौथो बरियताको व्यक्तिलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने सभामुख डोलप्रसाद अर्याल, कानूनमन्त्री सोविता गौतम र उपसभामुख रुवी कुमारीले पनि जवाफ दिनुपर्ने भएको छ, कुन योग्यताका आधारमा शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरियो ? र, सपना प्रधान मल्ल किन अयोग्य ठहरिइन् ?

स्वतन्त्र न्यायिक अभ्यास गरिरहेको अदालतमा कार्यपालिकाले गरेको यस्तो हस्तक्षेपका कारण सिंगो न्यायिक समुदाय बालेन सरकारप्रति असन्तुष्ट बनेको छ । यतिसम्म कि बालेन्द्रले ‘आमा’ मान्दै आएकी पूर्वप्रधानमन्त्री एवं पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले समेत अनलाइनखबरलाई अन्तरवार्ता दिँदै भनेकी छन्– यसको परिणाम सरकारले भोग्छ ।

सम्बन्धित खवर

पाटन उच्च बार वामपन्थीको कब्जामा, सेवन्तराज बने अध्यक्ष (मत परिणामसहित)

पाटन उच्च बार वामपन्थीको कब्जामा, सेवन्तराज बने अध्यक्ष (मत परिणामसहित)

ललितपुर । उच्च अदालत बार एशोसिएसन, पाटनको अध्यक्षमा अधिवक्ता सेवन्तराज निरौला विजयी बनेका छन्...

मतदानस्थलमा रास्वपा सांसद छिरेपछि उच्च बारको चुनाबमा हुलदंगा, प्रहरीले च्यात्यो कालो कोट

मतदानस्थलमा रास्वपा सांसद छिरेपछि उच्च बारको चुनाबमा हुलदंगा, प्रहरीले च्यात्यो कालो कोट

ललितपुर । उच्च अदालत बार एशोसिएसन पाटनको निर्वाचनमा शनिबार दिउँसो केहीबेर हुलदंगा भयो ।...

कानूनबिनै सर्वोच्चले कसरी रोक्यो नेपाली मदिरामा ‘स्कच’ वा ‘स्कटिस’ शब्दको प्रयोग ?

कानूनबिनै सर्वोच्चले कसरी रोक्यो नेपाली मदिरामा ‘स्कच’ वा ‘स्कटिस’ शब्दको प्रयोग ?

काठमाडौं । कुनै उत्पादनको नामले त्यसको पहिचान मात्र बोकेको हुँदैन, त्यससँग जोडिएको ठाउँ, इतिहास,...

अदालतले धरौटी किन माग्छन् ? कसरी निर्धारण हुन्छ र नदिए के हुन्छ ?

अदालतले धरौटी किन माग्छन् ? कसरी निर्धारण हुन्छ र नदिए के हुन्छ ?

काठमाडौँ । विशेष अदालतले व्यवसायी शेखर गोल्छालाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पुर्पक्षका लागि एक करोड...