एमाले उपाध्यक्ष विष्णु पौडेल सुर्खेतबाट पक्राउ, भैंसीपाटीस्थित निवासमा छापा

जस नेपाल

८ असार २०८३

एमाले उपाध्यक्ष विष्णु पौडेल सुर्खेतबाट पक्राउ, भैंसीपाटीस्थित निवासमा छापा

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गरिएको छ । सम्पत्ति शुद्धीकरण विभागको अनुरोधमा प्रहरीले उनलाई सोमबार सुर्खेतबाट नियन्त्रणमा लिएको हो ।

विभाग सम्बद्ध स्रोतका अनुसार पौडेलले गरेको सेयर कारोबार तथा सम्पत्तिको स्रोत शंकास्पद देखिएपछि अनुसन्धान अगाडि बढाइएको हो । सोही अनुसन्धानको सिलसिलामा उनलाई पक्राउ गरी थप सोधपुछ तथा कागजात परीक्षण प्रक्रिया अघि बढाइएको बताइएको छ ।

पार्टी कार्यक्रममा सहभागी भइरहेका बेला नियन्त्रणमा

पौडेल एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका थिए । कार्यक्रमस्थलबाटै उनलाई नियन्त्रणमा लिएर केही समय जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको स्रोतले जनाएको छ ।

उनीलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ। प्रहरी स्रोतका अनुसार हवाइ वा स्थलमार्गमध्ये उपयुक्त विकल्पमार्फत उनलाई काठमाडौं ल्याइनेछ । प्रारम्भिक तयारीअनुसार नेपालगञ्ज हुँदै काठमाडौं ल्याउने योजना बनाइएको छ ।

पक्राउअघि निवासमा छापा

पौडेललाई पक्राउ गर्नुअघि अनुसन्धान टोलीले ललितपुरको भैंसीपाटीस्थित उनको निवासमा छापा मारेको खुलेको छ । विभागको टोलीले घरमा खानतलासी गरी अनुसन्धानसँग सम्बन्धित केही कागजात नियन्त्रणमा लिएको स्रोतले जनाएको छ ।

अनुसन्धान अधिकारीहरूले सेयर लगानी, आर्थिक कारोबार तथा सम्पत्ति आर्जनको स्रोतसँग सम्बन्धित विवरणमाथि विशेष चासोका साथ अध्ययन गरिरहेको बताइएको छ ।

सम्पत्ति शुद्धीकरण विभागले जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई पत्राचार गरेर पौडेललाई नियन्त्रणमा लिन आग्रह गरेको थियो । सोही आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सम्बन्धित खवर

लागुऔषधसहित वडासदस्य पक्राउ

लागुऔषधसहित वडासदस्य पक्राउ

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटानस्थित गौरा मन्दिर टोलबाट प्रहरीले अवैध लागुऔषधसहित वडासदस्य पक्राउ...

ट्राफिक कारबाही : चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

ट्राफिक कारबाही : चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६ सवारीचालक सवारी नियम उल्लङ्घनको...

झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन

झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन

झापा । पछिल्लो समय लागुऔषध सेवन र कारोबारमा संलग्न युवायुवतीको सङ्ख्या वृद्धि भएको छ...

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु...