रासायनिक मल वितरणमा अनियमितता रोक्न कृषि मन्त्रीले बढाइन् निगरानी

जस नेपाल

१८ असार २०८३

रासायनिक मल वितरणमा अनियमितता रोक्न कृषि मन्त्रीले बढाइन् निगरानी

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा रासायनिक मल वितरणमा हुन सक्ने अनियमितता रोक्न सञ्चालनमा ल्याएको हटलाइनमा पछिल्लो समय गुनासो आउने क्रम बढेको छ ।

त्यहाँ प्राप्त सूचनाका आधारमा स्थानीय प्रशासनले छापा मार्दा रासायनिक मल वितरणमा अनियमितता भएको तथ्य समेत फेला परेको छ । सोही गुनासोका आधारमा गुल्मीको कालीगण्डकी गाउँपालिकामा रासायनिक मल वितरणमा अनियमितता भएको आशंका गरिएको छ ।

जिल्लास्थित नवप्रगतिशील कृषि सहकारी संस्थाका सचिव प्रेमनारायण पाण्डेले सरकारको अनुदान रासायनिक मल सहकारीमार्फत नभई निजी पसलले बढी मूल्यमा बिक्री गरेको पाइएको छ ।

मन्त्री चौधरीका अनुसार सहकारीले कृषि सामग्री कम्पनी लिमिटेड, भैरहवाबाट असार १५ गते भएको सम्झौताअनुसार ५३५ बोरा युरिया र १७१ बोरा डिएपी मल ल्याइ सहकारी कार्यालयबाट बेचविखान गर्न पर्नेमा निजी पसलबाट भएको पाइएको छ ।

कालीगण्डकी गाउँपालिका–१ हर्मिचौरमा नीलकण्ठ पाण्डेको पसल, कालिगण्डकी गाउँपालिकामा वडा नं २ अर्बेनीमा कमलप्रसाद न्यौपाने र उमापति न्यौपानेका किराना पसल तथा कालिगण्डकी गाउँपालिकामा वडा नं ४ मा निरमाया बुढाले सञ्चालन गरेको स्टेशनरी पसल अगाडि मल बिक्री गरिएको पाइएको नेपाल प्रहरीले जनाएको छ ।

मल बिक्री वितरण गर्दा उपभोक्तालाई रसिद नदिएको तथा खरिदकर्ताको अभिलेखसमेत नराखेको पाइएको प्रहरीको भनाइ छ ।

ताजा अपडेट

The Founding of YouTube A Short History

१८ असार २०८३

The Founding of YouTube A Short History

१८ असार २०८३

The Founding of YouTube A Short History

१८ असार २०८३

सम्बन्धित खवर

प्रतिनिधिसभा : सहकारी (पहिलो संशोधन) विधेयक पारित

प्रतिनिधिसभा : सहकारी (पहिलो संशोधन) विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आज बिहिबारको बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ पारित भएको छ...

साल्ट ट्रेडिङका सहायक प्रबन्धकविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर र बढुवा लिएको आरोपमा भ्रष्टाचार मुद्दा

साल्ट ट्रेडिङका सहायक प्रबन्धकविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर र बढुवा लिएको आरोपमा भ्रष्टाचार मुद्दा

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी स्वामित्वको संस्थानमा जागिर प्रवेश र बढुवा...

अदालतमा मुद्दा हारेपछि निर्माण व्यवसायीले कार्यकक्षमै कुटे प्रमुख प्रशासकीय अधिकृत !

अदालतमा मुद्दा हारेपछि निर्माण व्यवसायीले कार्यकक्षमै कुटे प्रमुख प्रशासकीय अधिकृत !

चितवन । इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि गाउँपालिकाकै कार्यकक्षभित्र कुटपिट भएको आरोप...

बिना हेलमेट बाइक चलाएको भिडियो भाइरल भएपछि सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५ सय जरिवाना

बिना हेलमेट बाइक चलाएको भिडियो भाइरल भएपछि सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५ सय जरिवाना

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई ट्राफिक नियम उल्लंघन गरेको कसुरमा पाँच सय...