प्रतिनिधिसभा : सहकारी (पहिलो संशोधन) विधेयक पारित

जस नेपाल

१८ असार २०८३

प्रतिनिधिसभा : सहकारी (पहिलो संशोधन) विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आज बिहिबारको बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ पारित भएको छ ।

अध्यादेशलाई विस्थापन गर्न ल्याइएको सो विधेयकमाथिको छलफल र सम्बन्धित मन्त्रीको जवाफपछि विधेयक निर्णयार्थ प्रस्तुत हुँदा बहुमतले पारित भएको हो । छलफलमा उठेका प्रश्नमाथि जवाफ दिँदै भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सम्पति शुद्धीकरणका सम्बन्धमा नेपाल विश्वस्तरमा ‘ग्रे लिष्ट’मा परेका सन्दर्भमा यो बेग्लै विधेयक झन् आवश्यक भएको बताइन् । उनले आगामी विधेयक ल्याउँदा प्राप्त सुझावलाई समेट्ने प्रतिबद्धता व्यक्त गरिन् ।

छलफलमा संशोधनकर्ता सांसदहरू आरेन राई, गणेशबहादुर विश्वकर्मा, गङ्गालक्ष्मी अवाल, बुद्धिप्रसाद पन्त, पार्वती विक, प्रकाशचन्द्र परिवार, नरेन्द्रकुमार केरूङ, बासना थापा, साजिदा खातुन सिद्धिकी, गणेश पौडेल, रेखाकुमारी यादव, नीता घतानीलगायतले भाग लिएका थिए । सांसदहरूले बचतकर्ताको रकम सरकारले नभई सम्बन्धित सहकारीले फिर्ता दिनुपर्ने, सहकारीलाई जुन स्थानीय तहमा दर्ता गरिएको हो, त्यही तहमा मात्रै काम गर्न पाउने क्षेत्राधिकार दिनुपर्ने र नियमनका लागि एकै केन्द्रीय निकाय हुनुपर्नेमा जोड दिए ।

सम्बन्धित खवर

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको तीन प्रतिशत समता कर हट्यो

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको तीन प्रतिशत समता कर हट्यो

काठमाडौँ । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर हटाएको...

जिप्रका मकवानपुरमा एक महिनामा अपराधसँग सम्बन्धित १३५ मुद्दा दर्ता, ७७ फछ्र्योट

जिप्रका मकवानपुरमा एक महिनामा अपराधसँग सम्बन्धित १३५ मुद्दा दर्ता, ७७ फछ्र्योट

हेटाैँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा गत असार महिनामा विभिन्न अपराधसँग सम्बन्धित १३५ मुद्दा...

भदाै २४ काे प्रभाव : उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन

भदाै २४ काे प्रभाव : उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन

विराटनगर । गत आर्थिक वर्ष ०८२/८३ मा उच्च अदालत विराटनगरले चार हजार ९९ थान...

सिरहा ट्राफिकद्वारा एक वर्षमा एक करोड बढी राजस्व सङ्कलन

सिरहा ट्राफिकद्वारा एक वर्षमा एक करोड बढी राजस्व सङ्कलन

जनकपुरधाम । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले गत आर्थिक वर्ष २०८२/८३ मा रु एक...