काठमाडौँ । कानून व्यवसायी (वकील) हरुलाई अधिवक्ताको प्रमाणपत्र प्रदान गर्ने तथा नियमन गर्ने निकाय नेपाल कानून व्यवसायी परिषद (बार काउन्सिल) स्थापना भएको ३३ वर्ष पूरा भएको छ । यस अवसरमा बुधबार साँझ प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माको उपस्थितिमा बबरमहलमा बार काउन्सिलले एक कार्यक्रमको आयोजना गर्यो ।
‘नेपाल कानून व्यवसायी परिषदको ३३ औं स्थापना दिवस तथा आत्ममूल्यांकन दिवस’मा विशिष्ट अतिथिका रुपमा काूननमन्त्री सोविता गौतमसमेत सहभागी थिइन् ।
कार्यक्रममा बार काउन्सिलका अध्यक्षसमेत रहेका महान्यायाधिवक्ता नारायणदत्त कँडेल र काउन्सिलका उपाध्यक्ष एवं नेपाल बारका एशोसिएसनका अध्यक्ष प्राडा विजयप्रसाद मिश्रले समेत मन्तव्य व्यक्त गरेका थिए । बरिष्ठतम् अधिवक्ता कृष्णप्रसाद भण्डारीले पनि कार्यक्रममा सम्वोधन गरेका थिए ।

सयौं कानून व्यवसायीहरुका साथै न्यायाधीशहरुको समेत उपस्थिति रहेको कार्यक्रममा ५० वर्ष वकालत गरेका बरिष्ठ कानून व्यवसायीलाई सम्मानित गरिएको थियो । त्यस्तै, उत्कृष्ठ नतिजा ल्याएर अधिवक्ताको परीक्षा उतीर्ण भएका नवोदित कानून व्यवसायीहरुलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले आत्ममूल्यांकन दिवसका अवसरमा कानून व्यवसायीहरुले स्वच्छ र मर्यादित भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।
यो पनि- यी हुन् नयाँ पुस्ताका २६ ‘ट्यालेन्ट’ वकील (नामावलीसहित)
‘नेपाल कानून व्यवसायी परिषदको ३३ औं स्थापना दिवस तथा आत्ममूल्यांकन दिवस’का केही झलक हेरौँ–




ताजा अपडेट
अदालतबाट सजाय पाएर पनि फरार राहेका चार जना पक्राउ
२८ साउन २०८३वकीलको ज्ञान समाजका लागि हानिकारक नबनोस्
२८ साउन २०८३
