नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित ४ जनाविरुद्ध मुद्दा दायर 

जस नेपाल

२६ साउन २०८३

नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित ४ जनाविरुद्ध मुद्दा दायर 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० का वडा अध्यक्ष कौशल कुमार धोवी र वडा सचिव वीर बहादुर थापा मगरसहित चार जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार वडा अध्यक्ष धोवी र सचिव थापा मगरले पदको दुरुपयोग गर्दै सरकारी कागजात सच्याएको र नक्कली लिखत तयार पारेको आरोप छ। उनीहरूले भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण मुद्दाका प्रतिवादी विकास कुमार चापागाई र रविन्द्र लामिछानेसँग मिलेमतो गरी योजनाबद्ध रूपमा प्रमाण सिर्जना गरेको आयोगको अनुसन्धानमा खुलेको छ।

भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका वडा नं. १७ स्थित कित्ता नं. ९९८ को १६४.१४ वर्गमिटर जग्गा खरिदका लागि मिति २०७९ साउन १० गते रविन्द्र लामिछाने र विकास कुमार चापागाईबीच ७० लाख रुपैयाँको झुट्टा तथा नक्कली करारनामा तयार पारिएको थियो। उक्त करारनामालाई वडा कार्यालयको आर्थिक वर्ष २०७९/८० को लिखत प्रमाणित दर्ता किताबमा २०८३ सालमा थपघट गरी सच्याइएको र सरकारी छापको दुरुपयोग गरिएको आयोगले जनाएको छ।

यसैगरी मिति २०८३ असार २९ गते च.नं. ७२४० को विवरण फेरबदल गरी च.नं. ७२४२ मा झुट्टा विवरणसहितको गलत लिखत तयार पारी आयोगको अभिलेखमा रहने गरी पत्राचार गरिएको पनि पुष्टि भएको छ। यी कार्यबाट प्रतिवादीहरूले गैरकानुनी लाभ लिएको आयोगको ठहर छ।

वडा अध्यक्ष कौशल कुमार धोवी र वडा सचिव वीर बहादुर थापा मगरलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ११ बमोजिमको कसुरमा कैद र जरिवानाको मागदाबी लिइएको छ। त्यस्तै रविन्द्र लामिछाने र विकास कुमार चापागाईलाई मतियारका रूपमा दफा २२ बमोजिम मुख्य कसुरदारसरह सजायको मागदाबी गरिएको छ।

हेर्नुहोस् विज्ञप्ति –

 

सम्बन्धित खवर

LLM दोस्रो सेमेस्टरमा ७६ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएपछि डीन कार्यालयमा निवेदन

LLM दोस्रो सेमेस्टरमा ७६ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएपछि डीन कार्यालयमा निवेदन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय कानून संकायअन्तर्गत एलएलएम दोस्रो सेमेस्टरको परीक्षामा १६७ परीक्षार्थीमध्ये १२९ जना...

सडकमा माटो खसालेर हिलाम्मे बनाउने कन्स्ट्रक्सनलाई ५० हजार जरिवाना

सडकमा माटो खसालेर हिलाम्मे बनाउने कन्स्ट्रक्सनलाई ५० हजार जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिका–२, गैरीधारा क्षेत्रमा निर्माणाधीन घरबाट सडकमा माटो खसालेर सडक हिलाम्मे बनाउने...

संघ-संस्थाले बालबालिकालाई विदेश लैजान स्थानीय तहको सिफारिस र प्रशासनको स्वीकृति अनिवार्य

संघ-संस्थाले बालबालिकालाई विदेश लैजान स्थानीय तहको सिफारिस र प्रशासनको स्वीकृति अनिवार्य

काठमाडौं । कुनै संस्था वा निकायले बालबालिकालाई अध्ययन, अवलोकन, खेलकुद वा अन्य कार्यक्रमका लागि...

पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीलाई १५ लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश

पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीलाई १५ लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश

काठमाडौँ । पोखरा क्षेत्रीय विमानस्थल घोटाला प्रकरणमा काँग्रेस नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसँग...