यी हुन् नयाँ पुस्ताका २६ ‘ट्यालेन्ट’ वकील (नामावलीसहित)

जस नेपाल

२८ साउन २०८३

यी हुन् नयाँ पुस्ताका २६ ‘ट्यालेन्ट’ वकील (नामावलीसहित)

काठमाडौँ । नेपाल बार काउन्सिलले २६ जना नवोदित वकीलहरुलाई सम्मान गरेको छ ।

नेपाल बार काउन्सिलको ३३ औं परीक्षामा उत्कृष्ठ नतिजा ल्याउन सफल २३ जना नवोदित कानून व्यवसायीहरुलाई एक कार्यक्रमका बीच बुधबार प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माबाट सम्मानपत्र प्रदान गरियो । त्यसैगरी ३४ औं परीक्षामा उत्कृष्ठ नम्बर ल्याउने ३ जना सम्मानित भए ।

नेपाल कानून व्यवसायी परिषदको ३३ औं स्थापना तथा आत्ममूल्यांकन दिवसको अवसर पारेर नवोदित कानून व्यवसायीलाई सम्मान गरिएको हो ।

पछिल्लो ३४ परीक्षामा उत्कृष्ठ नतिजा हासिल गरी काउन्सिलबाट सम्मानित हुने नवोदित कानून व्यवसायीहरुमा पृथ्वीराज पोखरेल पहिलो स्थानमा छन् । उनले अधिवक्ताको परीक्षामा ८०.४५ प्रतिशत अंक ल्याएका छन् ।

त्यस्तै, दोस्रो हुने रिया रायमाझीले ७६.३६ प्रतिशत अंक ल्याएकी छन् । तेस्रो स्थान ल्याएर अधिवक्ता बनेकी सुस्मिता हुमागाईले ७४.०९ प्रतिशत अंक ल्याएकी छिन् ।

बार काउन्सिलको ३३ औं परीक्षामा उत्कृष्ठ अंक ल्याउनेमा महिलाको संख्या बढी छ ।

३३ औं परीक्षामा उत्कृष्ठ बनेकी गीता बोगटीले ८०.९१ प्रतिशत अंक ल्याएर नवोदित कानून व्यवसायी बनेकी छन् ।

हेर्नुहोस् बार काउन्सिलबाट उत्कृष्ठ वकीलको सम्मान पाएका नवोदित कानूनव्यवसायीको नामावली–

सम्बन्धित खवर

वकीलको ज्ञान समाजका लागि हानिकारक नबनोस्

वकीलको ज्ञान समाजका लागि हानिकारक नबनोस्

आज एउटा संस्था (नेपाल कानून व्यवसायी परिषद) को स्थापना भएको दिन भनेर सम्झिने अवसर...