वकीलको ज्ञान समाजका लागि हानिकारक नबनोस्

२८ साउन २०८३

वकीलको ज्ञान समाजका लागि हानिकारक नबनोस्

आज एउटा संस्था (नेपाल कानून व्यवसायी परिषद) को स्थापना भएको दिन भनेर सम्झिने अवसर त हो नै, सँगै बितेका वर्षहरूमा हामीले कहाँबाट यात्रा सुरु गर्‍यौँ, कहाँ पुग्यौँ र  अब कहाँ पुग्ने हो ? न्याय र नागरिकप्रतिको हाम्रो जिम्मेवारीलाई अझ कसरी प्रभावकारी बनाउने हो भन्ने आत्ममूल्याङ्कन गर्ने अवसर पनि हो।

तीन दशकभन्दा लामो यात्रामा परिषद्ले कानून व्यवसायको संस्थागत विकास र पेशागत अनुशासन कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। आगामी दिनमा पनि परिषद् अझ सक्षम र जिम्मेवार बन्दै जानेछ भन्ने विश्वास लिएको छु।

कानून व्यवसायीको  हातमा कानूनको ज्ञान हुन्छ, तर्कको शक्ति हुन्छ र न्याय खोजिरहेको नागरिकको विश्वास हुन्छ। कानून व्यवसायीको भूमिका मुद्दा जित्ने वा हार्ने सीमाभन्दा धेरै ठूलो छ। त्यसैले, कानून व्यवसाय एउटा फगत पेशा  मात्र होइन, यो जनविश्वासको कर्म पनि हो। असल कानून व्यवसायीले आफ्नो पक्षको प्रतिनिधित्व मात्र गर्दैन, उसले न्याय प्रणालीप्रतिको विश्वासलाई पनि जिवन्त राख्न काम गर्छ।

ज्ञान आफैंमा न राम्रो हुन्छ, न नराम्रो। त्यसलाई हामीले कहाँ र कसरी प्रयोग गर्छौं, त्यसले ज्ञानको मूल्य निर्धारण गर्छ। कानून जानेको व्यक्तिले आफ्नो ज्ञान न्यायका लागि प्रयोग गर्‍यो भने ऊ समाजको मार्गदर्शक बन्छ। तर त्यही ज्ञानलाई सत्यलाई भ्रमित गर्न, अन्यायलाई वैधानिकताको आवरण दिन वा कमजोरमाथि शक्तिशालीको प्रभुत्व स्थापित गर्न प्रयोग गरियो भने त्यही ज्ञान समाजका लागि हानिकारक बन्न सक्छ।

भिडियाे –

Knowledge makes a lawyer capable, but integrity makes a lawyer worthy. कानून व्यवसायमा बुद्धिमत्ता चाहिन्छ, तर बुद्धिमत्ताभन्दा माथि विवेक चाहिन्छ। गलत उद्देश्यका लागि प्रयोग भएको उत्कृष्ट तर्कले पनि समाजलाई गलत दिशामा लैजान सक्छ।

अहिलेसम्म नेपाल बार काउन्सिलले जे जसरी काम गरेको छ त्यसमा धन्यवाद दिँदै मलाई लाग्दछ अबको Bar Council केवल license दिने संस्था भन्दा माथि  उठेर कानून व्यवसायको quality, integrity and credibility को guardian बन्नुपर्छ।

नेपालमा Continuing Legal Education तथा Continuing Professional Development लाई संस्थागत गर्दै लैजानुपर्छ र यो काम नेपाल कानून व्यवसायी परिषदले गर्नुपर्छ।

कानून बदलिन्छ, न्यायिक दृष्टिकोण बदलिन्छ, प्रविधि बदलिन्छ, अपराधको स्वरूप बदलिन्छ, AI ले legal practice बदलिरहेको छ। त्यसैले lawyer must remain a student of law throughout life.

परिषद्ले कानून व्यवसायीको professional dignity पनि  जोगाउनुपर्छ, तर dignity जोगाउनु भनेको गल्ती ढाक्नु होइन। राम्रो काम गर्ने कानून व्यवसायीको संरक्षण र सम्मान हुनुपर्छ, र पेशाको मर्यादा उल्लङ्घन गर्ने विषयमा निष्पक्ष, पारदर्शी र निर्मम पनि हुनुपर्छ। हामीले कानून व्यवसायलाई अझ बढी public service oriented बनाउनु पर्नेछ।

न्याय पैसाले किन्‍न सकिने वस्तु होइन। आर्थिक रुपले विपन्‍न नागरिकले कानून व्यवसायी राख्‍न नसकेको कारण न्यायबाट बञ्‍चित हुनु राज्य र कानूनी समुदाय दुवैका लागि प्रश्‍न हो। त्यसैले, Pro-bono legal service, legal aid र access to justice लाई कानून व्यवस्थाको संस्कृतिकै रुपमा विकास गर्नु पर्छ। जसले आफ्नो ज्ञानबाट समाजका कमजोर नागरिकलाई न्याय दिलाउँछ, उसको योगदान राज्य र परिषद्‍ दुवैले पहिचान र सम्मान गर्नुपर्छ।

यही अवसरमा lawyer credit record system बारे म चर्चा गर्न चाहन्छु । सरकार र कानून मन्त्रालयको तर्फबाट म नेपाल कानून व्यवसायी परिषद्लाई अझ professional, independent, technology-friendly, accountable र internationally competitive regulatory institution का रूपमा विकास गर्न आवश्यक सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्दछु।

कानून व्यवसायी परिषद् ऐन, २०५० लाई पनि समयानुकूल बनाउन पर्ने छ। ऐन संशोधन गर्न यसअघि विधेयक संघीय संसदमा पेश भएको भए पनि प्रतिनिधि सभा विघटन भएका कारण त्यसले पूर्णता पाउन सकेन।

नेपाल सरकार, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले चालु आर्थिक वर्षलाई ‘कानून सुधार तथा निर्माण वर्ष’ का रूपमा अघि बढाउँदै कानून निर्माण तथा सुधारलाई अभियानकै रूपमा अगाडि बढाइरहेको छ। यसै क्रममा संवत् २०५० सालमा जारी भएको नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५० लाई पनि वर्तमान आवश्यकता, बदलिँदो पेशागत अभ्यास र समयको मागअनुसार परिमार्जन गर्नुपर्ने विषयलाई प्राथमिकतामा राखिएको जानकारी गराउन चाहन्छु। यसका लागि परिषद्ले आफ्नो अनुभव र अभ्यासका आधारमा ऐनमा सुधार गर्नुपर्ने विषयहरू पहिचान गरी मन्त्रालयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछु।

न्यायको यात्रामा हामी सबै कुनै न कुनै रूपमा यात्री हौँ।  यस आत्ममूल्याङ्कन दिवसले हामी सबैलाई आफ्नो जिम्मेवारीलाई अझ गहिरो रूपमा सम्झिने, आफ्नो कमजोरीलाई सुधार्ने प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु।

३३ औँ नेपाल कानून व्यवसायी परिषद् दिवसको पुनः हार्दिक शुभकामना।

(नेपाल कानून व्यवसायी परिषद्को ३३औँ स्थापना तथा आत्ममूल्याङ्कन दिवसका अवसरमा आयोजित कार्यक्रममा कानूनमन्त्री सोबिता गौतमद्वारा व्यक्त शुभकामना मन्तव्य)

यो पनि –

यी हुन् नयाँ पुस्ताका २६ ‘ट्यालेन्ट’ वकील (नामावलीसहित)

सम्बन्धित खवर

यी हुन् नयाँ पुस्ताका २६ ‘ट्यालेन्ट’ वकील (नामावलीसहित)

यी हुन् नयाँ पुस्ताका २६ ‘ट्यालेन्ट’ वकील (नामावलीसहित)

काठमाडौँ । नेपाल बार काउन्सिलले २६ जना नवोदित वकीलहरुलाई सम्मान गरेको छ । नेपाल...