अदालतबाट सजाय पाएर पनि फरार राहेका चार जना पक्राउ

जस नेपाल

२८ साउन २०८३

अदालतबाट सजाय पाएर पनि फरार राहेका चार जना पक्राउ

रुपन्देही । जिल्ला प्रहरी कार्यालयले अदालतबाट कैद तथा जरिवाना तोकिएपछि फरार रहेका चार जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीका अनुसार अदालतबाट फैसला भई कैद तथा जरिवाना तोकिएपछि फरार रहेका प्रतिवादीको खोजी गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा चोरी मुद्दामा शुद्धोधन गाउँपालिका–७ खुनगाउँका विशाल थारू रहेका छन् । उनलाई अदालतले दुई महिना चार दिन कैद सजाय सुनाएको थियो ।

त्यस्तै, जबर्जस्ती करणी उद्योग मुद्दामा शुद्धोधन गाउँपालिका–६ बेलहियाका रामदरस लोहार पक्राउ परेका छन् । उनलाई अदालतले एक वर्ष पाँच महिना छ दिन कैद र रु १५ हजार जरिवाना तोकेको थियो ।

चोरी मुद्दामा सियारी गाउँपालिका–८ छपियाका गणेश मल्लाह पक्राउ परेका छन् । उनलाई अदालतले दुई महिना कैद र रु १० हजार जरिवाना तोकेको थियो ।

सोही मुद्दामा शुद्धोधन गाउँपालिका–५ रजाडका सुन्दर केवट भनिने वासुदेव केवट पनि पक्राउ परेका छन् । उनलाई अदालतले दुई महिना तीन दिन कैद र रु छ हजार जरिवाना तोकेको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार पक्राउ परेका प्रतिवादीलाई सम्बन्धित अदालतमा पेस गरिएको छ । जिल्ला प्रहरीले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ ।

सम्बन्धित खवर

अनलाइन ठगीका घटना नियन्त्रणमा म्याग्दी कमजाेर, एक वर्षमा ८४ लाख गुमाए

अनलाइन ठगीका घटना नियन्त्रणमा म्याग्दी कमजाेर, एक वर्षमा ८४ लाख गुमाए

म्याग्दी । आफन्तले ‘म्यासेन्जर’मार्फत पठाएको अप्ठ्यारोमा परेको र रु ५० हजार पठाइदिन भनेको देख्नेबित्तिकै...

सुनसरी र सिरहा घटनामा मृत्यु भएकालाई सहिद घोषणा गर्ने मन्त्रिपरिषद्‌काे निर्णय

सुनसरी र सिरहा घटनामा मृत्यु भएकालाई सहिद घोषणा गर्ने मन्त्रिपरिषद्‌काे निर्णय

काठमाडौं । सरकारले सुनसरी र सिरहामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई सहिद...

लागुऔषधसहित पाँच जना पक्राउ

लागुऔषधसहित पाँच जना पक्राउ

चितवन। नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला...

हिरासतमा कैदीकाे मृत्युविरुद्धको रिट : सर्वोच्चले सरकारसँग माग्यो लिखित जवाफ (आदेश सहित )

हिरासतमा कैदीकाे मृत्युविरुद्धको रिट : सर्वोच्चले सरकारसँग माग्यो लिखित जवाफ (आदेश सहित )

काठमाडौँ । राज्यको नियन्त्रणमा रहेका नागरिकहरूको जीवन सुरक्षा सुनिश्चित गर्न माग गर्दै दायर परमादेशको...