हिरासतमा कैदीकाे मृत्युविरुद्धको रिट : सर्वोच्चले सरकारसँग माग्यो लिखित जवाफ (आदेश सहित )

जस नेपाल

२० साउन २०८३

हिरासतमा कैदीकाे मृत्युविरुद्धको रिट : सर्वोच्चले सरकारसँग माग्यो लिखित जवाफ (आदेश सहित )

काठमाडौँ । राज्यको नियन्त्रणमा रहेका नागरिकहरूको जीवन सुरक्षा सुनिश्चित गर्न माग गर्दै दायर परमादेशको रिटमा सर्वोच्च अदालतले मंगलबार महत्वपूर्ण आदेश जारी गरेको छ । न्यायाधीश डा. नहकुल सुवेदीको एकल इजलासले सरकारलाई बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको हो भने निवेदकले मागेको अन्तरिम आदेश भने जारी गरेन।

अधिवक्ता कुमार थपलियाले दायर गरेको रिट निवेदन (मुद्दा नं. ०८३-WO-.००६०) मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालयलगायत आठ निकायलाई विपक्षी बनाइएको थियो । इजलाससमक्ष निवेदक थपलियासहित अधिवक्ता पुष्पराज पौडेल र युत्सी डोटेलले बहस गरेका थिए।

आदेशमा भनिएको छ, ‘यसमा के कसो भएको हो? निवेदकको मागबमोजिम आदेश किन जारी हुनु नपर्ने हो? आदेश जारी हुनु नपर्ने भए सोको आधार र कारणसहित बाटोको म्यादबाहेक सूचना म्याद पाएका मितिले १५ दिनभित्र विपक्षीहरूको हकमा महान्यायाधिवक्ताको कार्यालयमार्फत् लिखित जवाफ पेस गर्नु।’

अदालतले आदेश र रिट निवेदनको एक-एक प्रति नक्कलसहित विपक्षीहरूका नाममा सूचना म्याद जारी गर्न निर्देशन दिएको छ । म्यादभित्र जवाफ परेपछि वा अवधि व्यतित भएपछि नियमानुसार पेस गर्नु भनिएको छ ।

निवेदकले अन्तरिम आदेशसमेत माग गरेका थिए । तर अदालतले सो विषय अन्तिम सुनुवाइ हुँदा निरुपण हुनुपर्ने प्रकृतिको भन्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्‍यो । रिट निवेदनमा उठाइएको विषयवस्तुको प्रकृति हेर्दा शीघ्र निर्णय हुनुपर्ने देखिएकाले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७३ बमोजिम अग्राधिकार प्रदान गरिएको छ ।

रिटमा हिरासत, कारागार र बाल सुधार गृहहरूमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गरिएको छ । निवेदकले मिनेसोटा प्रोटोकल बमोजिम स्वतन्त्र छानबिन संयन्त्र गठन, पोस्टमार्टम भिडियो रेकर्डिङ, एकीकृत डिजिटल अभिलेख प्रणाली, स्वास्थ्य परीक्षण, सुसाइड प्रिभेन्सन प्रोटोकल लागू र कैदीबन्दीका लागि बीमा व्यवस्था जस्ता माग राखेका छन् ।

इन्सेक र अन्य स्रोतका अनुसार पछिल्ला वर्षहरूमा प्रहरी हिरासतमा दर्जनौं र कारागारमा सयौं कैदीबन्दीको मृत्यु भएको छ। अधिकांश घटना शङ्कास्पद रहँदै आएका छन् भने पीडितमध्ये धेरै सीमान्तकृत समुदायका छन् । मुलुकभरका ७४ कारागारमा हाल करिब २६ हजारभन्दा बढी कैदीबन्दी रहेका छन्।

हेर्नुहोस् आदेश –

सम्बन्धित खवर

बुधबार सर्वोच्चमा पेसी चढेका ३१९ मुद्दामध्ये ६३ मा फैसला, १८६ मुद्दा हेर्न नभ्याइने

बुधबार सर्वोच्चमा पेसी चढेका ३१९ मुद्दामध्ये ६३ मा फैसला, १८६ मुद्दा हेर्न नभ्याइने

काठमाडौँ । बुधबार अदालतमा जम्मा ३१९ वटा मुद्दा पेसीमा चढेका थिए। तीमध्ये ६३ वटामा...

अदालतमा आज : सर्वोच्चमा जेनजी आन्दोलनको असर, अधिवक्ता परीक्षा आवेदन खुल्यो, घुससहित आईटी अफिसर पक्राउ

अदालतमा आज : सर्वोच्चमा जेनजी आन्दोलनको असर, अधिवक्ता परीक्षा आवेदन खुल्यो, घुससहित आईटी अफिसर पक्राउ

काठमाडौँ । सर्वोच्च अदालतमा ९३ मुद्दाको फैसला भएको छ । जेनजी आन्दोलनको प्रभावले सर्वोच्चको...

अध्यादेश खारेज भएपछि ४० प्रतिशतको व्यवस्था स्वतः पुनर्जीवित, २o प्रतिशतले दल फुटाउनु अवैध (पूर्णपाठ सहित)

अध्यादेश खारेज भएपछि ४० प्रतिशतको व्यवस्था स्वतः पुनर्जीवित, २o प्रतिशतले दल फुटाउनु अवैध (पूर्णपाठ सहित)

काठमाडौँ । सर्वोच्च अदालतको पूर्ण इजलासले जनमत पार्टीबाट छुट्टीएर गठन भएको भनिएको ‘जनस्वराज पार्टी’...

मिसिल क्षतिले सर्वोच्च अदालतको मुद्दा फर्छ्यौट लक्ष्य प्रभावित

मिसिल क्षतिले सर्वोच्च अदालतको मुद्दा फर्छ्यौट लक्ष्य प्रभावित

काठमाडौँ । सर्वोच्च अदालतका मिसिलमा अकल्पनीय क्षति पुगेका कारण आर्थिक वर्ष २०८२/०८३ मा लक्ष्यअनुसार...