पाटन । उच्च अदालत बार एशोसिएसन पाटनको निर्वाचन शनिबार हुँदैछ । कार्यसमिति र पार्षद (कार्यकारिणी परिषद) का लागि हुने निर्वाचनमा १९ सदस्यीय कमिटीका लागि विभिन्न प्यानलबाट ४५ जना उम्मेदवार खडा भएका छन् ।
वामपन्थी वकीलहरुको प्यानल, पीपीएलएबाट १९ जना, स्वतन्त्रको तर्फबाट १९ जना र लोकतान्त्रिक वकीलहरुको समूह डीएलएको प्यानलबाट ७ जना गरी ४५ जनाको उम्मदेवारी परेको हो । प्यानल बाहिरबाट कुनै पनि वकीलले उम्मेदवारी दर्ता गराएका छैनन् ।
केन्द्रीय कार्यकारिणी परिषद सदस्यको संख्या २५ मतदाता बराबर एकजना तोकिएको छ । यस आधारमा हेर्ने हो भने उच्च बार पाटनका कुल २ हजार ३६५ मतदातामध्येबाट परिषद सदस्यहरु छानिने छन् । परिषद सदस्यका लागि ७० जनाको उम्मेदवारी परेको छ ।
तीन समूहको प्रतिस्पर्धा

नेपाल बार एशोसिएसन कानून व्यवसायीहरुको साझा छाता संगठन हो । तर, यसमा विगतदेखि नै विभिन्न गुट र राजनीतिक समूहहरु रहँदै आएका छन् । जस्तो–
लोकतान्त्रिक कानून व्यवसायी समूह (डीएलए) नेपाली कांग्रेस निकट वकीलहरुको संगठन मानिन्छ । प्रायः बार एशोसिएनको चुनावमा लोकतान्त्रिक विचारका कानून व्यवसायीहरु डीएलएको ब्यानरमा प्यानल बनाएर चुनाव लड्छन् । डीएलएमा रहेका कानून व्यवसायीहरु अहिले गगन थापा समूह र शेरबहादुर देउवा समूहमा विभाजित छन् ।
अर्को, प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन (पीपीएलए) छ । यसलाई मुख्यतः एमाले निकट वामपन्थी वकीलहरुको संगठन मानिन्छ ।
एमाले, माओवादी लगायतका वामपन्थी विचारसँग नजिक वकीलहरु पनि पीपीएलएकै साझा ब्यानरमा चुनाव लड्ने गरेको पाइन्छ ।
डीएलए र पीपीएलए बाहेक मधेसवादी दल र पहिचानवादी दलसँग निकट कानून व्यवसायीका संगठनहरु पनि यदाकदा अस्थित्वमा रहने गरेका छन् ।

हुन त सत्तारुढ दल रास्वपाले कुनै पनि जनवर्गीय संगठनहरु नबनाउने नीति लिएको छ । तर, ‘स्वतन्त्र कानून व्यवसायी मञ्च’ का नाममा रास्वपा समर्थक वकीलहरुको अलग्गै संगठन बनेको अवस्था छ । उनीहरुले आफूलाई कुनै दलमा नलागेको स्वतन्त्र दाबी गरे पनि यो संगठनमा रहेका प्रायः वकीलहरु रास्वपाको नीति र सिद्धान्तप्रति प्रतिवद्ध देखिन्छन् ।
शनिबार हुन लागेको उच्च अदालत बार एशोसिएन पाटनको चुनावमा पनि पीएल, पीपीएलए र स्वतन्त्र कानून व्यवसायी मञ्चका तीनवटा प्यानलहरु मैदानमा उत्रिएका छन् ।
कोको छन् त उम्मेदवार ? तीनवटै प्यानलको सूची हेरौँ –
पीपीएलएमा को–को छन् उम्मेद्वार ?

पीपीएलएले अरु पनि वामपन्थी र प्रगतिशील समूहसँग तालमेल गरेर ‘बृहत् प्रगतिशील तथा पेसागत समूह (पीएलए–एनएलए)’ गठन गरेको छ । यो समूहका तर्फबाट अधिवक्ता सेमन्तराज निरौला अध्यक्ष पदका उम्मेदवार छन् ।
त्यसैगरी प्रगतिशील समूहबाट उपाध्यक्षमा अधिवक्ता दुर्गाप्रसाद चिमरिया, सचिवमा अधिवक्ता राजीव पोखरेल, सहसचिवमा अधिवक्ता सीमा सुवेदी, र कोषाध्यक्षमा अधिवक्ता दिलकुमार कार्की उम्मेदवार छन् ।
पीपीएलएबाट अधिवक्ताहरु अनिता पौड्याल ज्ञवाली, इन्दिरा कुमारी शर्मा (सुवेदी) र बविता राई महिलातर्फका तीन उम्मेदवार छन् ।
त्यस्तै, पीपीएलएबाट खुल्लातर्फको सदस्यका उम्मेदवारमा अधिवक्ताहरु विष्णु महत, शर्मिला अधिकारी, दीपेश ओझा, सुलभ पराजुली, मैया ढुंगाना, निश्चल खरेल, बालकृष्ण थापा, राजन केसी, कटकबहादुर शाही, गोविन्द कुमार शाह र मातृका खनाल रहेका छन् ।
डीएलएको प्यानलमा कोको छन् ?

बारको चुनावमा लोकतान्त्रिक समूहबाट अध्यक्षमा अधिवक्ता देवी प्रसाद रिजाल उम्मेदवार बनेका छन् ।
त्यसैगरी लोकतान्त्रिक समूहबाट उपाध्यक्षमा अधिवक्ता धर्मप्रसाद पौडेल उठेका छन् भने सचिवमा अधिवक्ता सविता विमलीले उम्मदेवारी दिएकी छन् । त्यस्तै सहसचिवमा अधिवक्ता उपमा पोखरेल र कोषाध्यक्षमा अधिवक्ता पूर्णरत्न तुलाधरले उम्मेदवारी दिएका छन् ।
लोकतान्त्रिक समूहबाट सदस्य पदका लागि अधिवक्ताद्वय महेशरत्न दास र अमोगरत्न तुलाधार उम्मेदवार बनेका छन् । लोकतान्त्रिक समूहको प्यानलमा १९ मध्ये ७ जनाको मात्रै नाम देखिन्छ ।
स्वतन्त्रको प्यानलमा कोको ?
स्वतन्त्र कानून व्यवसायी मञ्चले १९ सीटमै प्यानल बनाएर उम्मदेवारी दिएको छ । मञ्चका तर्फबाट अध्यक्षमा अधिवक्ता भेषराज पोखरेलको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा टीकाराम पोखरेल, सचिवमा विदुरप्रसाद अधिकारी र सहसचिवमा स्वेता कुमारीको उम्मेदवारी परेको छ । त्यस्तै, कोषाध्यक्षमा अंशु न्हिसुतुको उम्मेवारी परेको छ ।

तीनजना महिला सदस्यका लागि मञ्चका तर्फबाट अधिवक्तात्रय विन्द्रा दुमरु, सुमित्रा पाण्डे र कृष्ण कुमारी पोखरेलको उम्मेदवारी परेको छ ।
स्वतन्त्र कानून व्यवसायी मञ्चका तर्फबाट खुल्ला सदस्यतर्फका ११ उम्मेदवारहरुमा अधिवक्ताहरु जुजुकाजी महर्जन, भविन्द्र राई, केशव पोख्रेल, निमराज बूढाथोकी, सुशीला सापकोटा, सिर्जना सुवेदी, रुवी श्रेष्ठ लाखे, विष्णु लम्साल, सुस्मा पौडेल, इन्दिरा धमला र अनिशा चौलागाई रहेका छन् ।
चुनावी नारा के छ ?
निर्वाचनमा भाग लिएका डीएलए, पीपीएलए र स्वतन्त्र लगायतका तीनवटै समूहले आ–आफ्ना चुनाबी नाराहरु अघि सारेका छन् । ती समूहका चुनावी नाराहरु यहाँ जस्ताको त्यस्तै दिइएको छ–
स्वतन्त्र कानून व्यवसायी मञ्चको चुनावी प्रतिवद्धता–

लोकतान्त्रिक समूह (डीएलए) को चुनावी प्रतिवद्धता

बृहत् प्रगतिशील तथा पेशागत समूह (पीपीएल–एनएलए)को प्रतिवद्धता–


सम्पूर्ण उम्मेदवारहरुको नामावली-


