ललितपुर । उच्च अदालत बार एशोसिएसन, पाटनको अध्यक्षमा अधिवक्ता सेवन्तराज निरौला विजयी बनेका छन् ।
शनिबार सम्पन्न निर्वाचनमा अधिवक्ता निरौलाले नेतृत्व गरेको वामपन्थी एवं प्रगतिशील कानून व्यवसायीहरुको समूह पीपीएलए–एनएलएको प्यानल नै विजयी बनेको हो ।
प्रगतिशील समूहबाट उपाध्यक्षमा अधिवक्ता दुर्गाप्रसाद चिमरिया, सचिवमा अधिवक्ता राजीव पोखरेल, सहसचिवमा अधिवक्ता सीमा सुवेदी, र कोषाध्यक्षमा अधिवक्ता दिलकुमार कार्की विजयी बनेका छन् ।
त्यसैगरी महिला सदस्यमा अधिवक्ताहरु अनिता पौड्याल ज्ञवाली, इन्दिरा कुमारी शर्मा (सुवेदी) र बविता राई विजयी बनेका छन् । उनीहरु तीनैजना पीपीएलएको प्यानलका हुन् ।
त्यस्तै, पीपीएलएबाटै खुल्लातर्फका ११ सदस्य विजयी बनेका छन् ।

विजयी हुने सदस्यहरुमा विष्णु महत, शर्मिला अधिकारी, दीपेश ओझा, सुलभ पराजुली, मैया ढुंगाना, निश्चल खरेल, बालकृष्ण थापा, राजन केसी, कटकबहादुर शाही, गोविन्द कुमार शाह र मातृका खनाल छन् ।
कुल १९ पदाधिकारीका लागि भएको निर्वाचनमा २ हजार २६५ जना कानून व्यवसायीहरु मतदाता रहेका छन् । निर्वाचन समितिका अनुसार कुल १५ सय ३४ मत खसेको थियो ।
यो पनि-
मतदानस्थलमा रास्वपा सांसद छिरेपछि उच्च बारको चुनाबमा हुलदंगा, प्रहरीले च्यात्यो कालो कोट
उच्च बारमा ३ वटा प्यानलमा ४५ उम्मेद्वार
हेर्नुहोस् निर्वाचन परिणाम-



