‘विज्ञलाई मन्त्री होइन, सल्लाहकार बनाऊ’

जस नेपाल

५ चैत २०८२

‘विज्ञलाई मन्त्री होइन, सल्लाहकार बनाऊ’

काठमाडौँ । संवैधानिक कानूनका जानकार प्रा.डा. नृसि‌ंह खत्रीले सांसद बाहेकका विज्ञलाई मन्त्री नबनाउन आग्रह गरेका छन्‌ । पछिल्लो प्रतिनिधि सभा निर्वाचनपछि एकल बहुमतको सरकार बन्दै गर्दा संसद्‌ बाहिरका विज्ञलाई मन्त्री बनाउने चर्चाबीच खत्रीले यस्तो आग्रह गरकेा हुन्‌ ।

‘विज्ञलाई मन्त्री बनाउने होइन, विज्ञलाई मन्त्रीहरूको सल्लाहकार बनाउने र उनको सरसल्लाह तथा सुझावलाई पालना गर्न लगाउने हो । विज्ञलाई सोझै मन्त्री बनाउँदा सो कार्यले कानूनी व्यवस्था र प्रावधानको पालना गरेको हुनेछैन’, खत्रीले लेखेका छन्‌, ‘त्यसो गरेमा अदालतमा मुद्दाहरू पर्नेछ, सञ्चार जगतले पनि आवश्यक मसला पाउनेछन्, जनमानसमा सरकारको काममा विधि मिच्ने प्रयत्न गरेको भन्ने कुरो आउनेछ ।’

अब सबै मन्त्रालयहरूले विषयविज्ञहरूको वैयक्तिक विवरण (बायोडाटा) लिएर र विज्ञहरूको समय अनुकूलता मिलाएर मात्रै काम लगाउन सकिने खत्रीको तर्क छ । तर, त्यसरी काम लगाउनुअघि समूह बनाउन उनको सुझाव छ । खत्रीका अनुसार; मन्त्री छनोटको सवालमा सांसद्‌मध्येकै विज्ञबाट निष्कलङ्क, वेदागी, विगत रचनात्मक र स्वच्छ छवि भएको छान्नु नै उपयुक्त हुने हुन्छ ।

‘अहिले विज्ञ र विशेषज्ञहरूको ज्ञान, सीप र अनुभवले यो संक्रमण कालमा नयाँ सरकारले काम गर्न सक्ने देखिन्छ’, खत्रीले अगाडि लेखेका छन्‌, ‘अहिलेको अवस्थामा आगामी सरकारलाई सबैले आपनो राय, सरसल्लाह दिई त्यसको परिपालना गर्न लगाई सफल बनाउनुपर्ने देखिन्छ ।’

पहिलेका सरकारले गरेका काम र जिम्मेवारी स्वतः नयाँ सरकारको विरासत हुने हुनाले सबै काम नीति र विधिमा अडिएर गर्नुपर्ने खत्रीले उल्लेख गरेका छन्‌ । त्यसो नगरे वा नगराइएमा कानूनको पालना नहुने तथा नैतिकता र वैधानिकताको प्रश्न उठिरहने उनको तर्क छ । ‘त्यसैले सबै सरकारका तह र निकायहरुले कानूनको प्रणाली र विधिशास्त्रीय मान्यता भित्र रहेर काम गर्नुपर्दछ,’ खत्रीको सुझाव छ ।

‘वाचापत्र बाध्यकारी होइन’

चुनाव जित्न दलहरूले मतदानअघि सार्वजनिक गर्ने वाचापत्र बाध्यकारी नभएको पनि खत्रीको तर्क छ । त्यो नयाँ सरकारका लागि मार्गनिर्देशक सिद्धान्त हुन सक्ने, तर बाध्यकारी नहुने उनको भनाइ छ ।

यसबारे उनले लेखेका छन्‌, ‘निर्वाचनमा पार्टीले र उम्मेदवारले गरेका वाचापत्रहरू सरकारको लागि मार्गनिर्देशक सिद्धान्तहरु हुन्छन्‌, तर वाध्यकारी हुँदैनन्‌ । संविधानको प्रावधान, कानूनको प्रावधान, विगतको नजिर, सिद्धान्तहरू राज्यको शासनका लागि वाध्यकारी हुन्छन् ।’

खत्रीले सत्तामा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता र शुभेच्छुकहरूलाई भावावेशमा भन्दा संविधान, विधि, नीति र सिद्धान्तको जगमा अडिएर सरकार निर्माण, सरकारको कार्य प्रणालीको कार्यान्वयन गर्न गराउन पनि आग्रह गरकेा छन्‌ । यसो गर्न सक्दामात्रै जेन-जी विद्रोहको मर्म र भावना बमोजिम पुस्ता हस्तान्तरण, रूपान्तर, स्थायित्व र सुशासनको जगमा देश समृद्ध हुने उनको भनाइ छ ।

सम्बन्धित खवर

संसद्‌ सचिवालयले डाक्यो सर्वदलीय बैठक

संसद्‌ सचिवालयले डाक्यो सर्वदलीय बैठक

काठमाडौँ । संघीय संसद्‌ सचिवालयले पछिल्लो निर्वाचनपछि बनेको प्रतिनिधि सभामा प्रतिनिधित्व ६ राजनीतिक दलहरूको बैठक...

ग्यास नपाएका उपभोक्ताको अधिकार कहाँ छ ?

ग्यास नपाएका उपभोक्ताको अधिकार कहाँ छ ?

काठमाडौँ । नेपालको संविधानको भाग ३ मा धारा १६ देखि ४६ सम्म विभिन्न ३१...

रवि लामिछानेको मुद्दा तेस्रो दिन पनि ‘हेर्दाहेर्दै’मा

रवि लामिछानेको मुद्दा तेस्रो दिन पनि ‘हेर्दाहेर्दै’मा

काठमाडौं । सर्वोच्च अदालतमा चलिरहेको रवि लामिछानेको अभियोजन फिर्ता सम्बन्धी मुद्दा आज (मंगलबार) तेस्रो...

कर्मचारीबाटै घुस लिएका चौरजहारीका मेयर वादीलाई भ्रष्टाचार मुद्दा

कर्मचारीबाटै घुस लिएका चौरजहारीका मेयर वादीलाई भ्रष्टाचार मुद्दा

काठमाडौँ । करार अवधि लम्ब्याउन कर्मचारीबाटै घुस लिएपछि रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका नगरप्रमुख (मेयर)...