संसद्‌ सचिवालयले डाक्यो सर्वदलीय बैठक

जस नेपाल

५ चैत २०८२

संसद्‌ सचिवालयले डाक्यो सर्वदलीय बैठक

काठमाडौँ । संघीय संसद्‌ सचिवालयले पछिल्लो निर्वाचनपछि बनेको प्रतिनिधि सभामा प्रतिनिधित्व ६ राजनीतिक दलहरूको बैठक डाकेको छ ।

आज (बिहीबार) दिउँसो २ बजे बस्नेगरी बैठक आह्वान गरिएको संसद्‌का महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिएका छन्‌ ।

सिंहदरबारस्थित संसद्‌ सचिवालयमा संसद्‌का महासचिवकै कार्यकक्षमा सर्वदलीय बैठक बस्नेछ । बैठकमा प्रतिनिधि सभाको पहिलो बैठकको तयारी लगायत विषयमा छलफल हुने बताइएको छ ।

जेन-जी विद्रोहपछि गएको फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनबाट जम्मा ६ दलले संसद्‌मा प्रतिनिधित्व गर्दैछन्‌ ।

नेपालको संविधानको धारा ९३ मा संसद् अधिवेशनको आह्वान र अन्त्यको व्यवस्था उल्लेख छ । उक्त प्रावधानअनुसार राष्ट्रपतिले प्रतिनिधिसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुपर्छ ।

यो पनि-

समानुपातिक सांसदले पाए प्रमाणपत्र

सम्बन्धित खवर

नेपालले पायो आफ्नै एआई नीति : राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (ए.आई.) नीति, २०८२ स्वीकृत

नेपालले पायो आफ्नै एआई नीति : राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (ए.आई.) नीति, २०८२ स्वीकृत

काठमाडौँ । धेरै नेपालीलाई अझै थाहा नहुन सक्छ, तर सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (ए.आई.)...

पाथीभरा केबलकार : योजनावद्ध फर्जी निर्णयको दस्तावेजी प्रमाण

पाथीभरा केबलकार : योजनावद्ध फर्जी निर्णयको दस्तावेजी प्रमाण

प्रतिनिधिसभा निर्वाचन २०८२ ले नेपाली राजनीतिमा उल्लेखनीय मोड ल्याउँदै नयाँ पुस्ताको उदय र सुशासनप्रतिको...

कानूनका विद्यार्थीलाई खुशीको खबर ! एलएल.बी.मा ३८०० कोटा थपियो

कानूनका विद्यार्थीलाई खुशीको खबर ! एलएल.बी.मा ३८०० कोटा थपियो

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा कोटा कम भएका कारण कानून पढ्न चाहनेहरुले पढाइबाट बञ्चित रहँदै...

शरणार्थी नीतिमा नेपालको अन्योल : ६ दशकसम्म कानूनबिनै पाहुना पाल्दै

शरणार्थी नीतिमा नेपालको अन्योल : ६ दशकसम्म कानूनबिनै पाहुना पाल्दै

काठमाडौँ । नेपालले तिब्बतीदेखि भूटानीसम्मका हजारौँ शरणार्थीलाई दशकौँदेखि आश्रय दिँदै अन्तर्राष्ट्रिय स्तरमा मानवीय छवि...