महराविरुद्ध ७ करोड ७८ लाख बिगो मागदाबी, अख्तियारको आरोपपत्रमा के छ ?

जस नेपाल

२६ चैत २०८२

महराविरुद्ध ७ करोड ७८ लाख बिगो मागदाबी, अख्तियारको आरोपपत्रमा के छ ?

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुख कृष्णबहादुर महरा सहितविरुद्ध दायर गरेको भ्रष्टाचार मुद्दाको आरोपपत्रमा ‘भेप’मार्फत सुन तस्करीमा संगठित मिलेमतो र राज्य संयन्त्रकै दुरुपयोग भएको दाबी गरिएको छ ।

आयोगले विशेष अदालतमा दायर गरेको आरोपपत्रअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारी, विदेशी नागरिक तथा महरा पक्षबीच समन्वय गरी ठूलो परिमाणमा सुन नेपाल भित्र्याउने र त्यसलाई गैरकानुनी रूपमा बाहिर लैजाने योजना बनाइएको उल्लेख छ ।

अनुसन्धानबाट चिनियाँ नागरिक ली हाङ साङमार्फत ‘भेप’ (इलेक्ट्रोनिक चुरोट) भित्र सुन लुकाएर ल्याइएको पुष्टि भएको अख्तियारको दाबी छ । ती सामग्री एक्स–रे जाँचका क्रममा शंकास्पद देखिए पनि सम्बन्धित कर्मचारीले नियतवश पूर्ण जाँच नगरी पछि साटफेर गर्ने योजना बनाएको आरोपपत्रमा उल्लेख छ ।

अख्तियारका अनुसार भन्सार कार्यालयभित्रै मिलेमतोमा जफत गरिएको भनिएको सामान सुरक्षित नराखी गोदामबाट सुन निकालेर सुन नभएको ‘भेप’ राखिएको थियो । यसरी निकालिएको सुन बजारमा बिक्रीसमेत गरिएको आरोप छ ।

आरोपपत्रमा पूर्वसभामुख महराले आफ्ना छोरा राहुल महरा लगायतमार्फत भन्सारका उच्च अधिकारी र अन्य व्यक्तिहरूसँग बारम्बार सम्पर्क राख्दै उक्त तस्करी प्रक्रियामा प्रभाव पार्ने काम गरेको उल्लेख गरिएको छ ।

यस प्रकरणमा भन्सारका तत्कालीन प्रमुखसहित विभिन्न कर्मचारी, व्यापारी तथा विदेशी नागरिकसमेत संलग्न रहेको भन्दै अख्तियारले कुल करिब ७ करोड ७८ लाख रुपैयाँ बराबरको बिगो मागदाबी गरेको छ । सोही अनुसार कैद र जरिवानाको पनि मागदाबी गरिएको छ ।

हेर्नुहाेस् अख्तियारकाे आराेपपत्र –

सम्बन्धित खवर

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वमन्त्री खाण र रायमाझीसहित १६ जनालाई आज सजाय तोकिँदै

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वमन्त्री खाण र रायमाझीसहित १६ जनालाई आज सजाय तोकिँदै

काठमाडौँ । उच्च पदस्थ सरकारी अधिकारीहरूको मिलेमतोमा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने...

साताको अदालत : टेरामक्समा सफाइ, नक्कली भुटानी शरणार्थी प्रकरणमा सजाय, सम्पत्ति छानबिन आयोगमाथि सर्वोच्चको प्रश्न

साताको अदालत : टेरामक्समा सफाइ, नक्कली भुटानी शरणार्थी प्रकरणमा सजाय, सम्पत्ति छानबिन आयोगमाथि सर्वोच्चको प्रश्न

काठमाडौँ  । यो साता अदालती क्षेत्र एकपछि अर्को चर्चित फैसला र गतिविधिमा तीव्र रहेको...

सर्वोच्चको अन्तरिम आदेश : सम्पत्ति छानबिन आयोगको औचित्यमाथि प्रश्न

सर्वोच्चको अन्तरिम आदेश : सम्पत्ति छानबिन आयोगको औचित्यमाथि प्रश्न

काठमाडौँ । सार्वजनिक पदमा बसेका उच्चपदस्थ राजनीतिक नेतृत्व, कर्मचारी तथा अन्य पदाधिकारीको सम्पत्ति छानबिन...

संविधान संशोधनको प्रक्रियामाथि गम्भीर प्रश्न

संविधान संशोधनको प्रक्रियामाथि गम्भीर प्रश्न

हामी संविधान संशोधनको कुरा गरिरहेका छौँ। मेरो मान्यता के हो भने संविधान संशोधन गर्न...