लालीबजार चलचित्रको प्रतिबन्ध हट्यो

जस नेपाल

२३ वैशाख २०८३

लालीबजार चलचित्रको प्रतिबन्ध हट्यो

काठमाडौँ । उच्च अदालत पाटनले विवादास्पद नेपाली चलचित्र `लाली बजार` माथि लागेको अन्तरिम रुकावट फुकुवा गरिदिएको छ। अब यो फिल्म सिनेमा हलमा प्रदर्शन गर्न बाटो खुलेको छ।

उच्च अदालत पाटनका न्यायाधीश खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले वैशाख २३ गते गरेको आदेशमा अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने ठहर गरेको हो।

रिट निवेदकले माग गरेको विषयवस्तुमा अन्तिम सुनुवाइमा विचार गर्न सकिने अवस्था देखिएकाले, हाल वैशाख १५ गते दिइएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन आवश्यक नदेखिएको अदालतको ठहर छ।

रिट निवेदक(दर्ता नं:०८२ -WO-१७७ ) रोशनी नेपालीले फिल्ममा प्रयोग भएको केही शब्दावलीले राजसंस्था र राजाको सम्मानमा आँच पुर्‍याएको भन्दै प्रदर्शन रोक्न माग गरेकी थिइन्। तर अदालतले अहिलेका लागि त्यस्तो रोक आवश्यक नदेखेको जनाएको छ।

यो निर्णयसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यसअघि गरेको रोक्ने निर्णयको प्रभाव समाप्त भएको छ। अब फिल्मका निर्माताले जुनसुकै समयमा ‘लाली बजार’ रिलिज गर्न सक्नेछन्।

मुद्दाको अन्तिम सुनुवाइ भने बाँकी नै छ। तर अहिलेलाई फिल्म प्रदर्शनको बाटो खुलेसँगै दर्शकले यो फिल्म हलमा हेर्न पाउने सम्भावना बढेको छ।

 

सम्बन्धित खवर

पाटन उच्च बार वामपन्थीको कब्जामा, सेवन्तराज बने अध्यक्ष (मत परिणामसहित)

पाटन उच्च बार वामपन्थीको कब्जामा, सेवन्तराज बने अध्यक्ष (मत परिणामसहित)

ललितपुर । उच्च अदालत बार एशोसिएसन, पाटनको अध्यक्षमा अधिवक्ता सेवन्तराज निरौला विजयी बनेका छन्...

मतदानस्थलमा रास्वपा सांसद छिरेपछि उच्च बारको चुनाबमा हुलदंगा, प्रहरीले च्यात्यो कालो कोट

मतदानस्थलमा रास्वपा सांसद छिरेपछि उच्च बारको चुनाबमा हुलदंगा, प्रहरीले च्यात्यो कालो कोट

ललितपुर । उच्च अदालत बार एशोसिएसन पाटनको निर्वाचनमा शनिबार दिउँसो केहीबेर हुलदंगा भयो ।...

कानूनबिनै सर्वोच्चले कसरी रोक्यो नेपाली मदिरामा ‘स्कच’ वा ‘स्कटिस’ शब्दको प्रयोग ?

कानूनबिनै सर्वोच्चले कसरी रोक्यो नेपाली मदिरामा ‘स्कच’ वा ‘स्कटिस’ शब्दको प्रयोग ?

काठमाडौं । कुनै उत्पादनको नामले त्यसको पहिचान मात्र बोकेको हुँदैन, त्यससँग जोडिएको ठाउँ, इतिहास,...

अदालतले धरौटी किन माग्छन् ? कसरी निर्धारण हुन्छ र नदिए के हुन्छ ?

अदालतले धरौटी किन माग्छन् ? कसरी निर्धारण हुन्छ र नदिए के हुन्छ ?

काठमाडौँ । विशेष अदालतले व्यवसायी शेखर गोल्छालाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पुर्पक्षका लागि एक करोड...