राहदानी छपाइ अनियमिततासम्बन्धी भ्रष्टाचार : विशेष अदालतले भन्यो – आरजु राणा प्रतिवादी होइन

जस नेपाल

८ असार २०८३

राहदानी छपाइ अनियमिततासम्बन्धी भ्रष्टाचार : विशेष अदालतले भन्यो – आरजु राणा प्रतिवादी होइन

काठमाडौँ । विशेष अदालतले राहदानी छपाइ प्रक्रियामा भएको भनिएको अनियमिततासम्बन्धी भ्रष्टाचार मुद्दामा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवालाई प्रतिवादी नबनाइएको स्पष्ट पारेको छ ।

सोमबार विशेष अदालतले जारी गरेको सूचनामा उक्त मुद्दामा देउवासहित कुनै पनि राजनीतिक व्यक्तित्वलाई प्रतिवादी नबनाइएको उल्लेख गरिएको छ । मुद्दा दर्तापछि विभिन्न तहमा चर्चा र टिप्पणी हुन थालेपछि अदालतले यस्तो स्पष्टोक्ति दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्यालसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूमाथि राहदानी छपाइमा अनियमितता गरी सार्वजनिक सम्पत्तिलाई गैरकानूनी हानि पुर्‍याएको आरोप लगाइएको छ ।

मुद्दामा १० कर्मचारी, दुई विदेशी कम्पनी, चार विदेशी नागरिक तथा दुई नेपाली सहकर्मीलाई प्रतिवादी बनाइएको छ । आयोगले एक अर्ब १० करोड १३ लाख ४ हजार ६ सय ४७ रुपैयाँ १ पैसा बिगो कायम गरी कैद र जरिवानाको मागदाबी गरेको छ ।

विशेष अदालतका अनुसार आरोपपत्रसहित उपस्थित गराइएका प्रतिवादी तीर्थराज अर्याल, सुनिल कुमार केसी, तुल्सीप्रसाद आचार्य, राजाराम दाहाल, सोमेश थापा, विपिन प्रसाईँ र मणिन्द्रज अर्याललाई बयानका लागि मंगलबार अदालतमा उपस्थित गराउने गरी न्यायिक हिरासतमा पठाइएको छ ।

विशेष अदालतले सूचनाको अन्त्यमा ‘प्रस्तुत मुद्दामा पूर्वपरराष्ट्रमन्त्री आरजु देउवालगायत राजनीतिक व्यक्तित्वलाई प्रतिवादी बनाइएको छैन’ भन्ने उल्लेख गर्दै यस विषयमा स्पष्टोक्ति दिएको छ ।

सूचना हेर्नुहोस् : 

सम्बन्धित खवर

पाटन उच्च बार वामपन्थीको कब्जामा, सेवन्तराज बने अध्यक्ष (मत परिणामसहित)

पाटन उच्च बार वामपन्थीको कब्जामा, सेवन्तराज बने अध्यक्ष (मत परिणामसहित)

ललितपुर । उच्च अदालत बार एशोसिएसन, पाटनको अध्यक्षमा अधिवक्ता सेवन्तराज निरौला विजयी बनेका छन्...

मतदानस्थलमा रास्वपा सांसद छिरेपछि उच्च बारको चुनाबमा हुलदंगा, प्रहरीले च्यात्यो कालो कोट

मतदानस्थलमा रास्वपा सांसद छिरेपछि उच्च बारको चुनाबमा हुलदंगा, प्रहरीले च्यात्यो कालो कोट

ललितपुर । उच्च अदालत बार एशोसिएसन पाटनको निर्वाचनमा शनिबार दिउँसो केहीबेर हुलदंगा भयो ।...

कानूनबिनै सर्वोच्चले कसरी रोक्यो नेपाली मदिरामा ‘स्कच’ वा ‘स्कटिस’ शब्दको प्रयोग ?

कानूनबिनै सर्वोच्चले कसरी रोक्यो नेपाली मदिरामा ‘स्कच’ वा ‘स्कटिस’ शब्दको प्रयोग ?

काठमाडौं । कुनै उत्पादनको नामले त्यसको पहिचान मात्र बोकेको हुँदैन, त्यससँग जोडिएको ठाउँ, इतिहास,...

अदालतले धरौटी किन माग्छन् ? कसरी निर्धारण हुन्छ र नदिए के हुन्छ ?

अदालतले धरौटी किन माग्छन् ? कसरी निर्धारण हुन्छ र नदिए के हुन्छ ?

काठमाडौँ । विशेष अदालतले व्यवसायी शेखर गोल्छालाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पुर्पक्षका लागि एक करोड...