विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अनुमति

जस नेपाल

९ असार २०८३

विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका विष्णु प्रसाद पौडेललाई थप ७ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा विशेष अदालतले सोमबार पहिलो पटक ७ दिनको म्याद थप गरेको अदालतकी सूचना अधिकारी पार्वती हितानले जस नेपाललाई जानकारी दिइन् । अदालतका सदस्य न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले म्याद थपको आदेश दिएको विशेष अदालत प्रशासन शाखाले जनाएको छ ।

अदालतले जारी गरेको आदेशअनुसार अनुसन्धान प्रयोजनका लागि पौडेललाई न्यायिक हिरासतमा राखिएको छ । पौडेललाई आइतबार सुर्खेतबाट पक्राउ गरिएको थियो । अनुसन्धानको प्रारम्भिक चरणमा रहेको भन्दै विभागले थप २० दिन समय माग गरेकाे थियाे ।

सम्बन्धित खवर

पाटन उच्च बार वामपन्थीको कब्जामा, सेवन्तराज बने अध्यक्ष (मत परिणामसहित)

पाटन उच्च बार वामपन्थीको कब्जामा, सेवन्तराज बने अध्यक्ष (मत परिणामसहित)

ललितपुर । उच्च अदालत बार एशोसिएसन, पाटनको अध्यक्षमा अधिवक्ता सेवन्तराज निरौला विजयी बनेका छन्...

मतदानस्थलमा रास्वपा सांसद छिरेपछि उच्च बारको चुनाबमा हुलदंगा, प्रहरीले च्यात्यो कालो कोट

मतदानस्थलमा रास्वपा सांसद छिरेपछि उच्च बारको चुनाबमा हुलदंगा, प्रहरीले च्यात्यो कालो कोट

ललितपुर । उच्च अदालत बार एशोसिएसन पाटनको निर्वाचनमा शनिबार दिउँसो केहीबेर हुलदंगा भयो ।...

कानूनबिनै सर्वोच्चले कसरी रोक्यो नेपाली मदिरामा ‘स्कच’ वा ‘स्कटिस’ शब्दको प्रयोग ?

कानूनबिनै सर्वोच्चले कसरी रोक्यो नेपाली मदिरामा ‘स्कच’ वा ‘स्कटिस’ शब्दको प्रयोग ?

काठमाडौं । कुनै उत्पादनको नामले त्यसको पहिचान मात्र बोकेको हुँदैन, त्यससँग जोडिएको ठाउँ, इतिहास,...

अदालतले धरौटी किन माग्छन् ? कसरी निर्धारण हुन्छ र नदिए के हुन्छ ?

अदालतले धरौटी किन माग्छन् ? कसरी निर्धारण हुन्छ र नदिए के हुन्छ ?

काठमाडौँ । विशेष अदालतले व्यवसायी शेखर गोल्छालाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पुर्पक्षका लागि एक करोड...