संवैधानिक संकटको निकास– निर्वाचन

दिनेश त्रिपाठी

१२ कार्तिक २०८२

संवैधानिक संकटको निकास– निर्वाचन

अहिले हामी एउटा क्रसरोड, चौबाटोमा छौं । १० वर्षमै यो संविधानको भविष्यलाई लिएर यहाँ ठूलो प्रश्नवाचक चिन्ह उब्जिएको छ । अब यो संविधान अगाडि बढ्छ कि बढ्दैन ? यो संविधान कोल्याप्स हुन्छ कि ? या यसलाई पुनर्लेखन गरेर वा बृहत् संशोधन गरेर यो बच्छ ? यो अहिले नै भन्न सकिने स्थिति छैन । किनभने, हामी गम्भीर जटिलतामा छौं ।

अहिले जुन सरकार बनेको छ, यो कुनै संविधानको धारालाई टेकेर बनेको सरकार होइन । संविधानभन्दा बाहिरबाट यो सरकार बनेको छ । यो एक किसिमको जटिलता छ । मुलुकमा संवौधानिक शून्यता पनि देखियो, राजनीतिक शून्यता पनि देखियो । सुरक्षाको रिक्तता पनि देखियो । त्यसर्थ हामीले बहुमुखी चुनौतीहरुको सामना गरिरहेका छौं । म संकट पनि भन्दिनँ, महासंकटको घडीमा छौं हामी ।

कुनै पनि संविधानको अस्थित्वका लागि दुईवटा चिज महत्वपूर्ण हुन्छन् । एउटा हो– संवैधानिक इञ्जिनियरिङ । संविधान कसरी बनाइएको छ, संस्थाहरु कसरी निर्माण गरिएका छन् । संविधानको डिजाइन र इञ्जिनियरिङ कसरी गरिएको छ । यो एउटा महत्वपूर्ण पक्ष हो ।

दोस्रो महत्वपूर्ण पक्ष हो– राजनीतिक वैधता । परिवर्तिन सन्दर्भलाई आत्मसात गर्न सक्ने संविधानको क्षमता । सामाजिक शक्तिहरु र सामाजिक दबावहरुलाई संविधानले कति धान्न सक्छ वा सक्दैन ? त्यसमा संविधानको भविष्य निर्धारण गर्दछ ।

अहिले नेपालमा जुन युवाहरुको जनआन्दोलन भयो, यसलाई यो संविधानले सम्वोधन गर्न सक्छ कि सक्दैन ? यो एउटा गम्भीर प्रश्न छ ।

यद्यपि म के भन्छु भने यो संविधानलाई इमान्दारिताका साथ लागू पनि गरिएको थिएन । १० वर्षमा यो संविधानलाई कार्यान्वयन गर्नका लागि जुन गम्भीर राजनीतिक ईच्छाशक्ति प्रकट हुनुपर्दथ्यो, त्यो नै प्रकट भएको देखिएन । यो संविधानलाई कार्यान्वयन गर्नका लागि जुन संस्थाहरु बन्नुपर्ने थियो, त्यो पनि बनेन । न संस्थाहरु खडा गरियो, न त पर्याप्त कानूनहरु नै लागू गरियो । यसमा पनि राजनीतिक ईच्छाशक्तिको सर्वथा अभाव देखियो ।

अर्को कुरा, हरेक संविधानका केही सर्वव्यापी सिद्धान्तहरु हुन्छन् । अरु ५० वटा नयाँ संविधान लेखे पनि जुन आधारभूत मूल्य सिद्धान्त हो, त्यो त सर्वव्यापी हुन्छ । लोकतन्त्र हाम्रो बटमलाइन हुनुपर्छ । यो संविधानले लोकतन्त्रको कुरा त गरेकै छ । समावेशी हुनुप¥यो । स्वतन्त्र न्यायालय, मौलिक अधिकार, वालिक मताधिकार, शक्ति पृथक्कीकरण आदिले संविधानलाई लोकतान्त्रिक मार्गचित्र दिन्छ । यी चिजहरु सार्वभौम सिद्धान्तहरु हुन् ।

हामी यो संविधानले समस्या ल्यायो भनिरहेका छौं, चर सिद्धान्त त भोलि अर्को संविधान लेखेर २०७२ को ठाउँमा २०८३/०८४ नाम जे लेखे पनि संविधानको खास मूल्य सबै संविधानको समान हुन्छ । आधारभूत अधिकारहरु र आधारभूत मूल्यहरुमा सम्झौता गर्न मिल्दैन । संविधानको बटमलाइन नै यही हुनुपर्छ ।

अमेरिकी संविधान झण्डै २३५ वर्षको पुग्यो । त्यो शताब्दीसम्म त्यो संविधान बच्यो । यसको अर्थ त्यो एकदमै लोकतान्त्रिक संविधान थियो भन्ने होइन । जुन कालखण्डमा अमेरिकाको संविधान लेखियो, त्यो धेरै नै अलोकतान्त्रिक संविधान थियो । त्यो संविधानमा काला समुदायलाई मताधिकार थिएन । महिलाहरुलाई पनि मतदानको अधिकार थिएन । गोराहरु, प्रोटेस्टेन्ट धर्मावलम्बी र जग्गा जमीन भएका व्यक्तिहरुलाई मात्रै मतदानको अधिकार थियो । जेसँग सम्पत्ति थिएन, जो गोरो होइन, जो पुरुष होइन र जो प्रोटेस्टेन्ट होइन, उसलाई भोटिङको अधिकार पनि थिएन ।

तर, अति अलोकतान्त्रिक संविधान दुईवटा कारणले अहिलेसम्म बच्यो-

एउटा हो– संशोधन गरेर । संशोधन पनि धेरै भएको छ, किनभने, संशोधनको प्रक्रिया धेरै अप्ठ्यारो छ ।

अर्को– अमेरिकी संविधान बाँच्नुको अर्को कारण के छ भने त्यहाँको अदालतले गरेको व्याख्या । समयको आवश्यकतालाई अदालतले सम्वोधन गर्दै गयो र संविधान सान्दर्भिक हुँदै गयो । हैन भने, त्यस्तो महिलाहरुलाई मतदानको अधिकार नभएको संविधान बच्छ ? त्यसकारण, संविधानको सबैभन्दा ठूलो कुरा यसको राजनीतिक वैधता नै हो । राजनीतिक ईच्छालाई सामाजिक शक्तिहरुले साथ दिएका छन् कि छैन ?

हाम्रो संविधानको कुरा गर्दा लिडरसीप नै भएन । सिस्टमलाई, लोकतान्त्रिक प्रक्रियालाई संस्थागत गर्नका लागि ईच्छाशक्ति भएको लिडरशीप चाहिन्छ । हामीसँग चाहिँ त्यस्तोखालको जनताको ईच्छालाई प्रतिनिधित्व गर्ने नेता भएन । कुरा गर्ने लोकतन्त्रको तर राजनीति उनीहरुको जीविकोपार्जनको साधन बन्यो । त्यस्ता मान्छेले मुलुक बनाउँदैन ।

आज सबै राजनीतिक पार्टीहरु अबैध बनेका छन् । उनीहरुकै कमजोर परफरमेन्सका कारण यस्तो भएको हो । उनीहरुको भ्रष्टाचार, बेथिति र उनीहरुले गरेको कुशासनका कारण यस्तो भएको हो । त्यसैले कुनै देवदूतले नै आएर संविधान लेखे पनि त्यसका सञ्चालकहरुमा विवेक छैन भने त्यसले समाधान दिँदैन ।

अहिलेको संकटको निकास भनेको निर्वाचन नै हो । नम्बर एक निकास पनि निर्वाचन हो । नम्बर दुई निकास पनि निर्वाचन हो । नम्बर तीन निकास पनि निर्वाचन हो । निर्वाचन स्वच्छ, पारदर्शी र निष्पक्ष हुनुपर्छ।

बाँकी भिडियोमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

‘रातो बंगाला र सेन्ट जेभियर्सका विद्यार्थी ल क्याम्पसमा आउँछन्’

‘रातो बंगाला र सेन्ट जेभियर्सका विद्यार्थी ल क्याम्पसमा आउँछन्’

काठमाडौं । नेपालमा निजी कलेजहरु भन्दा सरकारी क्याम्पस कमजोर छन् भन्ने भाष्य कानून, इञ्जिनियरिङ...

काठमाडौंमा व्यापक छ ‘लिभिङ टुगेदर’

काठमाडौंमा व्यापक छ ‘लिभिङ टुगेदर’

काठमाडौं । अधिवक्ता अनु भट्टराई ‘रेप एण्ड लिभिङ टुगेदर इन काठमाडौं’ विषयमा एमफिलको थेसिस...

३० वर्ष वकालत गरेर बनाएको घर जेनजीका नाममा एक घण्टामा ध्वस्त भयो

३० वर्ष वकालत गरेर बनाएको घर जेनजीका नाममा एक घण्टामा ध्वस्त भयो

म मकवानपुरको टिस्टुङमा जन्मिएको हुँ । त्यहाँ एउटा परिवार सम्भ्रान्त थियो । प्रधानपञ्च, राष्ट्रिय...

लिपुलेकमा भारत हार्छ, भोगले सार्वभौमिकता सर्दैन

लिपुलेकमा भारत हार्छ, भोगले सार्वभौमिकता सर्दैन

काठमाडौं । नेपालका दुई ठूला छिमेकी भारत र चीनले सन् २०२२ यताका हरेक उच्चस्तरीय...