संसद् भवनबाट हराएका सामान फिर्ता गर्न सचिवालयको आग्रह

जस नेपाल

१२ कार्तिक २०८२

संसद् भवनबाट हराएका सामान फिर्ता गर्न सचिवालयको आग्रह

काठमाडौं । संघीय संसद् सचिवालयले संसद् भवन (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भवन) मा हालै भएको आगलागी तथा तोडफोड घटनापछि हराएका तथा आफ्नो स्वामित्वमा रहेका व्यक्तिगत सामान फिर्ता गर्न सबैलाई अनुरोध गरेको छ।

भदौ २३ र २४ गतेका दिन संसद् भवनमा आगलागी र क्षतिको घटनापछि टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, टेलिभिजन, माइक, मिक्सचर, स्पिकर, फोटोकपी मेसिन, विद्युतीय उपकरणलगायतका सामग्री विभिन्न व्यक्तिहरूको स्वामित्वमा रहेको भन्ने जानकारी प्राप्त भएको सचिवालयले जनाएको छ।

सचिवालयले जारी गरेको सूचनामा भनिएको छ, “त्यस्ता सामानहरू जुनसुकै अवस्थामा आफूसँग रहेको भए फिर्ता गर्न सहयोग पुर्‍याउन अनुरोध गर्दछौं।”  साथै, फिर्ता नगरी बसेको वा लुकाएको खण्डमा कानुनी कारबाही हुने चेतावनी पनि दिइएको छ।

सचिवालयले नागरिकलाई आवश्यक जानकारी दिन तथा सामग्री फिर्ता गर्ने कार्यमा सहजीकरण गर्न दुई जना सम्पर्क अधिकारी तोकेको छ। सम्पर्क व्यक्तिहरूमा शाखा अधिकृत सुनिल सुवाल (०१४२००१०२, ९८४११११८७६) र कम्प्युटर अपरेटर दीपेन्द्र विक्रम शर्मा (९८५५०६९१६३) रहेका छन् ।

सम्बन्धित खवर

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रु २८ लाख ७०...

बल्क म्यासेजको आतङ्क : दूरसञ्चार प्रयोगकर्ताको गोपनीयता दुरुपयोग, कसले गर्ने कारबाही ?

बल्क म्यासेजको आतङ्क : दूरसञ्चार प्रयोगकर्ताको गोपनीयता दुरुपयोग, कसले गर्ने कारबाही ?

काठमाडौँ । केही दिनयता नेपालीहरूको मोबाइलमा एक व्यक्तिले एटी_अलर्ट, एसआइ_अलर्ट लगायत सर्टकोडबाट लाखौँ म्यासेज...

युके पठाइदिन्छु भन्दै २८ लाख ठगी गर्ने महर्जन पक्राउ

युके पठाइदिन्छु भन्दै २८ लाख ठगी गर्ने महर्जन पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि युके पठाइदिन्छु भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका...

५९९ प्रहरीमाथि विभागीय कारबाही : के सुरक्षाकर्मीले सामाजिक सञ्जाल चलाउन पाउँदैनन्‌ ? नीतिमा के छ ?

५९९ प्रहरीमाथि विभागीय कारबाही : के सुरक्षाकर्मीले सामाजिक सञ्जाल चलाउन पाउँदैनन्‌ ? नीतिमा के छ ?

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले बुधबार (हिजो) एक विज्ञप्ति जारी गरी ५९९ प्रहरी कर्मचारीहरूमाथि...