प्रहरीको हिरासतमा थुनुवाको मृत्यु

जस नेपाल

२१ कार्तिक २०८२

प्रहरीको हिरासतमा थुनुवाको मृत्यु

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेत हिरासतमा एक जना थुनुवाको मृत्यु भएको छ । आज बिहान लागूऔषध कारोबार मुद्दामा थुनामा रहेका जिल्लाको वीरेन्द्रनगर नगरपालिका ११ पिपिराका ३५ वर्षीय गङ्गे सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढथापाले आज बिहान कर्णाली प्रदेश अस्पतालमा सुनारको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । उनका अनुसार सुनार आज बिहान ओछ्यानमा बेहोस अवस्थामा भेटिएका थिए । “उहाँसँगै सुतेका साथीहरूले बिहान उठाउन खोज्दा नउठेपछि ड्युटीमा भएका प्रहरीलाई खबर गरेका थिए”, उनले भने, “हामीले तत्कालै प्रदेश अस्पतालमा उपचारका लागि पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गर्नुभएको हो ।”

प्रहरी नायब उपरीक्षक बुढथापाका अनुसार सुनारको मृत्युपछि हिरासतमा जडान गरिएको ‘सिसिटिभी फुटेज’ हेरिएको छ । “फुटेजमा सुत्नुअघि बाथरुमबाट टाउको नुहाएर बाहिर निस्किएका थिए । उनी सुतेको समयमा घुर्ने भएकाले राति साथीहरूले नघुर्न भनेर उठाएको फुटेजमा देखिएको छ”, उनले भने ।

सुनार ७८ दिनदेखि हिरासतमा रहेका प्रहरी नायब उपरीक्षक बुढथापाले बताए। उनका अनुसार चार दिनअघि सरकारी वकिल कार्यालयमा मुद्दा गएर आज उनको मुद्दामा पेसी थियो ।

सम्बन्धित खवर

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रु २८ लाख ७०...

बल्क म्यासेजको आतङ्क : दूरसञ्चार प्रयोगकर्ताको गोपनीयता दुरुपयोग, कसले गर्ने कारबाही ?

बल्क म्यासेजको आतङ्क : दूरसञ्चार प्रयोगकर्ताको गोपनीयता दुरुपयोग, कसले गर्ने कारबाही ?

काठमाडौँ । केही दिनयता नेपालीहरूको मोबाइलमा एक व्यक्तिले एटी_अलर्ट, एसआइ_अलर्ट लगायत सर्टकोडबाट लाखौँ म्यासेज...

युके पठाइदिन्छु भन्दै २८ लाख ठगी गर्ने महर्जन पक्राउ

युके पठाइदिन्छु भन्दै २८ लाख ठगी गर्ने महर्जन पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि युके पठाइदिन्छु भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका...

५९९ प्रहरीमाथि विभागीय कारबाही : के सुरक्षाकर्मीले सामाजिक सञ्जाल चलाउन पाउँदैनन्‌ ? नीतिमा के छ ?

५९९ प्रहरीमाथि विभागीय कारबाही : के सुरक्षाकर्मीले सामाजिक सञ्जाल चलाउन पाउँदैनन्‌ ? नीतिमा के छ ?

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले बुधबार (हिजो) एक विज्ञप्ति जारी गरी ५९९ प्रहरी कर्मचारीहरूमाथि...