काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगमा बयान दिन जाने बताएका छन् ।
सानेपास्थित पार्टी कार्यालयमा जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई उनले यही पुस १४ गते सोमबार आयोगमा बयान दिन जाने बताएका हुन् ।
“आयोगले मलाई बयानका लागि पुस ११ गते शुक्रबार आउन पत्र पठाएको थियो, मैले पुस १४ गते सोमबार आउँछु भनेर जानकारी गराएको छु ।”, उनले भने ।
याे पनि:
बयानका लागि शुक्रबार उपस्थित हुन पूर्वगृहमन्त्री लेखकलाई आयोगको पत्र

