नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ

१४ पुष २०८२

नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नक्कली सुन दिएर रु पाँच लाख ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा सुनजस्तो देखिने धातुको डल्लो दिएर रकम ठगी गर्ने गिरोहलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका ४५ वर्षीय सुकुमान सिंह ब्लोन, मकवानपुरकै ४८ वर्षीय राजेन्द्र तामाङ, मकवानपुर बकैया गाउँपालिकाका ५३ वर्षीय वीरबहादुर तामाङ भन्ने विवासित स्याङ्ताङ र नवलपरासीको देवचुलीका ४२ वर्षीय जितबहादुर तामाङ रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले नक्कली सुनलाई सक्कली सुन भनी ठगी गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीले पक्राउ परेका चारै जनालाई ठगी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

सिरहामा बालिका हत्याको ३ साता : हत्यारा पहिचान नहुँदा स्थानीयमा आक्रोश बढ्दै

सिरहामा बालिका हत्याको ३ साता : हत्यारा पहिचान नहुँदा स्थानीयमा आक्रोश बढ्दै

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका–१ बल्टिया गाउँकी करिब १७ वर्षीया अविना दनुवारको हत्या भएको...

तासमा चिप र आँखामा लेन्स लगाएर क्यासिनो ठगी गर्ने गिरोह पक्राउ

तासमा चिप र आँखामा लेन्स लगाएर क्यासिनो ठगी गर्ने गिरोह पक्राउ

काठमाडाैं । प्रहरीले नेपालमा क्यासिनो इभेन्ट गरि तासमा चिप र आँखामा बिशेष प्रकारको लेन्स...

जेलकै भान्सामा भ्रष्टाचार, पाँच जनालाई लाग्यो मुद्दा

जेलकै भान्सामा भ्रष्टाचार, पाँच जनालाई लाग्यो मुद्दा

काठमाडौं । अदालतबाट दोषी ठहरिएपछि पुर्पक्षका लागि भ्रष्टाचारी समेतलाई राखिने जेलमै भ्रष्टाचार भएको दाबी...

सुप्रिम सहकारी ठगी मुद्दा : रवि लामिछानेलाई जमानत र धरौटीमा रिहा गर्न आदेश

सुप्रिम सहकारी ठगी मुद्दा : रवि लामिछानेलाई जमानत र धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । उच्च अदालत तुलसीपुर, बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...