सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’

१४ पुष २०८२

सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’

काठमाडौं । सर्वोच्च अदालतमा सरकार र जेनजी पुस्ताबीच भएको १० बुँदे सम्झौता असंवैधानिक भएको भन्दै गर्दै दायर भएको रिट निवेदन आज ‘हेर्न नभ्याइने’ भएको छ ।

न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा आज पेसी तोकिएको भए पनि अरू मुद्दाको सुनुवाइ गर्दागर्दै हेर्न नभ्याइने सूचीमा परेको हो ।

यसअघि, न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले यही पुस ४ गते उक्त सम्झौताका बारेमा प्रधानमन्त्री सुशीला कार्कीका नाममा कारण देखाऊ आदेश गर्दै १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न भनिएको थियो ।

अधिवक्ता डा प्रेमराज सिलवाल एउटा र अधिवक्ताहरू सुदीप भण्डारी, रोहित झा, सरोज कटेल तथा कानुनका विद्यार्थीहरू आयुष बडाल, प्रवीण पौडेल र स्मृति अधिकारीलगायतले दायर दायर गरेको छुट्टाछुट्टै रिट निवेदनमा सम्झौता संविधानविपरीत भएको उल्लेख गरिएको थियो ।

प्रधानमन्त्री सुशीला कार्की र जेनजी पुस्ताका प्रतिनिधिबीच गत मङ्सिर २४ गते भएको सम्झौतामाथि संवैधानिक प्रश्न उठाउँदै रिट निवेदनमा अन्तरिम चुनावी सरकारलाई दीर्घकालीन र दूरगामी असर पार्ने राजनीतिक तथा संरचनात्मक सम्झौता गर्ने अधिकार नरहेको उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

टेरामक्स प्रकरण : अख्तियारका टेलिकम्युनिकेसन विज्ञलाई बकपत्र गराउने विशेष अदालतको आदेश

टेरामक्स प्रकरण : अख्तियारका टेलिकम्युनिकेसन विज्ञलाई बकपत्र गराउने विशेष अदालतको आदेश

काठमाडौं । नेपाल टेलिकमको टेरामक्स (TERAMOCs) प्रविधि खरीदका सन्दर्भमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसमेत विरुद्ध परेको...

९ लाख मतदाता थपिए, फागुन २० गते १८ वर्ष पुग्‍ने मतदाताले भोट हाल्न पाउने

९ लाख मतदाता थपिए, फागुन २० गते १८ वर्ष पुग्‍ने मतदाताले भोट हाल्न पाउने

काठमाडौं । देशभर ९ लाख नयाँ मतदाता थपिएका छन् । आगामी फागुन २१ गते...

चुनाव लाग्यो ! आजदेखि समानुपातिकको बन्दसूची पेस हुँदै

चुनाव लाग्यो ! आजदेखि समानुपातिकको बन्दसूची पेस हुँदै

काठमाडौं । फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका आइतबारदेखि औपचारिकरुपमा कार्यान्वयनमा आएको...

भारतका प्रधान न्यायाधीशलाई प्रश्न- मेलमिलाप असफल भएको मुद्दा अदालतमै फर्कन्छ ?

भारतका प्रधान न्यायाधीशलाई प्रश्न- मेलमिलाप असफल भएको मुद्दा अदालतमै फर्कन्छ ?

काठमाडौं । नेपालमा अदालतद्वारा मध्यस्थता (Arbitration) को प्रयोग मुख्यत: मध्यस्थता ऐन २०५५, स्थानीय तहका...