चन्द्र ढकालको केबलकार सुरक्षाका लागि परिचालित प्रहरी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

जस नेपाल

२४ चैत २०८२

चन्द्र ढकालको केबलकार सुरक्षाका लागि परिचालित प्रहरी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । पाथीभरा (मुक्कुमलुङ) को बेसक्याम्पमा चन्द्र ढकालको केबलकार परियोजना सुरक्षार्थ खटाइएका प्रहरीहरु फिर्ता बोलाउन गृहमन्त्री सुधन गुरुङले निर्देशन दिएका छन् ।

पाथीभराको फेदीमा रहेका सशस्त्र र जनपथ सबै प्रहरी फिर्ता बोलाउन मन्त्री गुरुङले प्रहरी हेडक्वार्टरलाई निर्देशन दिएका हुन् ।

पाथीभरा दर्शनका लागि जाने तीर्थालुहरुको सेवामा खटिँदै आएका प्रहरीहरु बस्ने फेदीको चौकी भने यथावतै रहनेछ । तर, केबुलकार परियोजनाका सञ्चालक चन्द्र ढकालले पूर्ववर्ती सरकारसँग मागेर तैनाथ गरेको शसस्त्र प्रहरी र जनपथ प्रहरीको टोली भने फिर्ता हुने भएको छ ।

पाथीभरा (मुक्कुमलुङ) जस्तो धार्मिक र ऐतिहासिक महत्वको ठाउँमा सत्ता र शक्तिको दुरुपयोग गरेर जबरजस्ती केबलका बनाउन लागिएको भन्दै स्थानीय किरात धर्मावलम्बीहरुले विरोध जनाउँदै आएका थिए ।

तर, अघिल्लो सरकार र केबलकार सञ्चालकको मिलेमतोमा प्रहरी परिचालन गरेर स्थानीयमाथि गोलीसमेत चलाई जबरजस्ती आयोजना अघि बढाइएको थियो ।

बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेसँगै अघिल्लो सरकारले चलाएको गोलीकाण्डको छानविन हुने र न्याय पाइने स्थानीयले विश्वास लिएका छन् ।

फागुन २१ को निर्वाचनअघि बालेन्द्र शाह आफैंले पाथीभराको दर्शनसमेत गरेका थिए । त्यसबेला पनि स्थानीयले त्यहाँ जंगल फँडानी भएको विषयमा शाहसँग गुनासो पोखेका थिए ।

पाथीभरामा सरकारी दमनबाट पीडित व्यक्तिहरुलाई गृह मन्त्रालयमा भेट गरेपछि मन्त्री सुधन गुरुङले तत्कालै केबुलकार निर्माणस्थलमा राखिएका सुरक्षाकर्मीहरु फिर्ता बोलाउन दुबै प्रहरी संगठनका आईजीपीलाई निर्देशन दिएको स्रोतले जस नेपाललाई बतायो ।

यसैबीच, पाथीभराको ऐतिहासिक एवं पर्यावरणीय महत्वको जंगल फँडानी गरेको विषय समेत विवादमा परेको छ । वन फँडानीका लागि वन मन्त्रालयबाट फर्जी डकुमेन्ट बनाइएको पाइएपछि यसबारे प्रश्न उठेको हो ।

पाथीभरामा यसअघि भएको गोलीकाण्डको समेत छानविन गरी दोषीमाथि कारवाही गरिनुपर्ने स्थानीयले माग गर्दै आएका छन् ।

यो पनि पढ्नुहोस्–

‘फेक डकुमेन्ट’का आधारमा पाथीभराको वन फाँडेको प्रमाण भेटियो

सम्बन्धित खवर

इजिप्टले गर्‍यो उजुरी : के अर्जेन्टिना विश्वकपबाट बाहिरिन सक्छ ?

इजिप्टले गर्‍यो उजुरी : के अर्जेन्टिना विश्वकपबाट बाहिरिन सक्छ ?

काठमाडौँ ।  इजिप्ट फुटबल फेडेरेसन (ईएफए) ले फिफामाथि औपचारिक रुपमा उजुरी दायर गरेको छ।...

‘सिडियो र एसपीले पैसा खान्छन्, अदालतले तमसुक मात्र हेर्छ’

‘सिडियो र एसपीले पैसा खान्छन्, अदालतले तमसुक मात्र हेर्छ’

मानिसहरु मिटरब्याजको समस्यामा कसरी फस्छन् ? म आफैँ पनि पीडित मान्छे भएको हुनाले मलाई...

साहुसँग फोटो खिचाउने, मिटरब्याज पीडितलाई भेटै नदिने !

साहुसँग फोटो खिचाउने, मिटरब्याज पीडितलाई भेटै नदिने !

नेपाली समाजमा हामीलाई साहु महाजनले ठगे । गाउँ–शहरमा तिनै साहु महाजनलाई साथ सहयोग पुर्‍याउन...

सुकुम्बासीको उठिवास : भ्रम र यथार्थ (१४ प्रश्नोत्तर)

सुकुम्बासीको उठिवास : भ्रम र यथार्थ (१४ प्रश्नोत्तर)

संविधानको प्रस्तावनामा समाजवाद लेखिएको छ। सामाजिक न्याय पनि लेखिएको छ। सत्तारूढ दल रास्वपाले सामाजिक...