जेनजी आन्दोलनमा लुटिएका धेरै हतियार फिर्ता आइसके : प्रहरी महानिरीक्षक

१५ पुष २०८२

जेनजी आन्दोलनमा लुटिएका धेरै हतियार फिर्ता आइसके : प्रहरी महानिरीक्षक

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जेनजी आन्दोलनका क्रममा लुटिएका धेरै हतियार फिर्ता आइसकेको बताएका छन् ।

मंगलबार काटेश्वर प्रहरी प्रभाग तथा ट्राफिक प्रहरी प्रभागको पुनःनिर्मित भवन हस्तान्तरण कार्यक्रममा बोल्दै कार्कीले जेनजी आन्दोलनका क्रममा लुटिएका थोरै हतियार मात्र फिर्ता आउन बाँकी रहेको बताए । आम नागरिकको सहयोगका कारण धेरै हतियार फिर्ता भइसकेको उनले बताए ।

नागरिकले आफ्ना असन्तुष्टिलाई ढुङ्गामुढा गरेर प्रस्तुत गर्ने अभ्यासलाई सुधार गर्न जरुरी रहेको कार्कीले बताए । उनले नागरिक र प्रहरीको साझेदारीपूर्ण सहभागिताले नै मुलुकमा शान्ति सुरक्षा कायम हुने बताउँदै नागरिकको भावनाअनुसारको काम गर्र्न प्रहरीलाई निर्देशन दिए । सभ्य समाज निर्माणका लागि नागरिक र प्रहरीबीच सहकार्य जरुरी रहेको उनको भनाइ छ ।

जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट ध्वस्त भएको कोटश्वर प्रहरी प्रभाग तथा ट्राफिक भवन पुनःनिर्माण गरी मंगलबार प्रहरीलाई हस्तान्तरण गरिएको हो । स्थानीयबासी एवं सरोकारवालाले समिति नै बनाएर भवन पुनःनिर्माण गरेका थिए ।

सम्बन्धित खवर

बल्क म्यासेजको आतङ्क : दूरसञ्चार प्रयोगकर्ताको गोपनीयता दुरुपयोग, कसले गर्ने कारबाही ?

बल्क म्यासेजको आतङ्क : दूरसञ्चार प्रयोगकर्ताको गोपनीयता दुरुपयोग, कसले गर्ने कारबाही ?

काठमाडौँ । केही दिनयता नेपालीहरूको मोबाइलमा एक व्यक्तिले एटी_अलर्ट, एसआइ_अलर्ट लगायत सर्टकोडबाट लाखौँ म्यासेज...

युके पठाइदिन्छु भन्दै २८ लाख ठगी गर्ने महर्जन पक्राउ

युके पठाइदिन्छु भन्दै २८ लाख ठगी गर्ने महर्जन पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि युके पठाइदिन्छु भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका...

५९९ प्रहरीमाथि विभागीय कारबाही : के सुरक्षाकर्मीले सामाजिक सञ्जाल चलाउन पाउँदैनन्‌ ? नीतिमा के छ ?

५९९ प्रहरीमाथि विभागीय कारबाही : के सुरक्षाकर्मीले सामाजिक सञ्जाल चलाउन पाउँदैनन्‌ ? नीतिमा के छ ?

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले बुधबार (हिजो) एक विज्ञप्ति जारी गरी ५९९ प्रहरी कर्मचारीहरूमाथि...

फलामको लेजर लाइट र नकले अनुहारमा प्रहार गरी फरार व्यक्ति ठमेलबाट पक्राउ

फलामको लेजर लाइट र नकले अनुहारमा प्रहार गरी फरार व्यक्ति ठमेलबाट पक्राउ

काठमाडौँ । गत पुस ६ गते ठमेलस्थित टर्टल लाउन्ज एण्ड क्लबमा एक व्यक्तिलाई फलामको...